Home / मनोरञ्जन / बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत

बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत

शंकर के सी,

बुद्ध जन्मे नेपालमा विश्व मै छ शान
सुन्दर शान्त नेपाल हाम्रो पहिचान ।
लुम्बीनीमै बुद्धको वित्यो बाल्यकाल
सुन्दर शान्त छ हाम्रो यो देश नेपाल ।।

बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । यहि मेलोमा संचारकर्मी तथा गायक प्रेम विवश घर्तीले हाम्रो नेपाल राम्रो नेपाल बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो मार्फत बुद्ध नेपालमै जन्मीएका हुन् भन्ने सन्देश दिन खोजेका छन् । निरन्तर गीत संगीतमा क्रियाशिल गायक घर्तीको राष्ट्रिय गीत कल्पना क्रियशन मार्फत बजारमा आएको हो ।

प्रेम विवश घर्ती र स्मृती शाहिको स्वरमा सजियको लोक लयको यस राष्ट्रिय गितमा अभिनय पनि गायक स्वयम घर्ती, लक्ष्मी वोहोरा, प्रवेश घर्ती र प्राप्ती सुवेदीले गरेका छन् । र सत्यवती कला केन्द्रको नृत्य पनि देख्न सकिन्छ । शव्द संगीत पनि घर्तीकै छ ।

गितको एरेन्ज अर्जुन कौशलले गरेका हुन् भने अदिराम खड्काले भिडियोको निर्देशन गरेका छन् । यस राष्ट्रिय गीतको भिडियोमा देवराज आचार्यको छायांकन र नविन घर्ती मगरको सम्पादन छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*