Home / समाचार / दीपज्योति टोलको साधारण सभा

दीपज्योति टोलको साधारण सभा

नारायणपुर, १८ साउन

दीपज्योति टोल विकास संस्था घाराही उपमहानगरपालिका वडा नम्बर ११ को प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पवित्रा लामिछानेको अध्यक्षता एवं  घोराही उप महानगरपालि वडा नम्बर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव पोषणनाथ योगीले टोलले गरेका गतिविधी, बचत तथा ऋण लगानी, टोलमा भएको सरसफाई तथा टोल स्तरोन्नति र प्रगति विवरणको बारेमा जानकारी गराउनुभएको थियो । योगीले आगामी दिनमा टोलमा प्रत्येक घर घरको अगाडि पुष्प को बिरुवा रोप्ने योजना टोलको रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा घोराही उप(महानगरपालिका वडा नम्बर ११ का सदस्य चित्रबहादुर डाँगी, वडा सदस्य ज्ञानेन्द्रबहादुर बस्नेत,  ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज प्रहरी नायव निरिक्षक भिमबहादुर सुनार, शिक्षक चित्र बहादुर वली र मा. वि. रतनपुर हापुरका प्रधानाध्यापक बिरबहादुर रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा टोलका जेष्ठ नागरिक ९२ बर्र्षिय शिवानन्द बस्नेतलाई फलफूल तथा हर्लिक्स सहित सम्मान गरिएको थियो ।  सल्लाहकार पदम घिमिरेको मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण टोलका सचिव पोषणनाथ योगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*