Home / Feature Breaking news / ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु

ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु

दाङ,१९ साउन । दाङमा चलिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ तुलसीपुर उपमहानगरपालिका–१२ रजेनीबाट जसपुरतिर जादै गरेको लु २ त ३४३५ नम्वरको टेक्टरबाट खस्दा सोही ठाउँ निवासी ४५ बर्षीय रामकृष्ण चौधरी घाइते भएका थिए ।

घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । घट्नापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*