Home / Feature Breaking news / जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर काम गरेका छौँः वडा अध्यक्ष दाहाल

जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर काम गरेका छौँः वडा अध्यक्ष दाहाल

स्थानीय तहको निर्वाचनको भएको एक वर्ष पूरा भइसकेको छ । यो बीचमा वडाबाट के के विकास निर्माणका कार्यहरु भएका छन् । निर्वाचनको क्रममा गाउँमा सिंहदरबार आउँछ भनिए पनि अहिले सानातिना कामको लागि पनि वडावासीहरु घोराही आउनुपर्ने बाध्यता अझै टरेको छैन् । यी समस्याहरुलगायत डेढ वर्षको अवधिमा स्थानीय तहबाट गरिएका काम र आगामी विकास निर्माणका योजनाहरुका बारेमा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णुमणि दाहालसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।
स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ वर्ष हुन लागेको छ ,यो समयमा के के काम गर्नुभयो ?

स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष हुन लागेको छ । यो समयमा हामीहरुले गर्न सक्ने धेरै काम गरेका छौँ । यद्यपि हाम्रो एक वर्ष सिकाई अनुभवको वर्षका रुपमा बितेको छ । नयाँ संरचनामा निर्वाचन भएकाले एक वर्ष कसरी काम गर्ने भन्ने मै हाम्रा दिन बितेका छन् । यद्यपि केही विकास निर्माण तथा क्षमता विकासका कामहरु गरेका छांै । अहिले पनि स्थानीय तह सञ्चालनका लागि कतिपय कानुनहरु बन्ने क्रममा छन् । गत वर्ष वडाको विकासमा एक करोड रुपैयाँ आएको थियो । त्यसमा ५ लाख कार्यालय व्यवस्थापन, ३० लाख सामाजिक विकासतर्फ र बाँकी रकम भौतिक पूर्वाधारको काम ग¥योे ।

त्यही रकमबाट हामीले विकास गरेका हौं । अप्ठेरो परिस्थितिमा वस्तीस्तरबाट संकलन गरेर योजना प्राथमिकरण गरेर काम गरेका थियौं । वडा आर्थिक तथा भौगोलिक हिसाबले पछाडि परेको क्षेत्र हो । यो वडा दलित, जनजाति, अतिसीमान्तकृत जातिहरुको बसोवास रहेको क्षेत्र रहेकाले क्षमता अभिवृद्धिलगायतका आत्मनिर्भर बनाउने काम पहिलो वर्ष ग¥यौं । यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने विचार गरेका छांै । वडावासीको माग र आवश्यकतालाई मध्यनजर गरी वडामा सडकको स्तरोन्नति, नयाँ सडकको ट्रयाक खोल्नेर्, खानेपानीको सुविधाका लागि डिपबोरिङ खन्नेदेखि ३५ वटा ईनार निर्माण गरेका छांै । त्यस्तै वडालाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्न सिंचाईको लागि डिपबोरिङ, लिफ्ट सिंचाई निर्माणको कार्य ग¥यौंं ।

bisnu

त्यस्तै वडा नं. ५ का दुर्गमवस्तीहरु रज्जे र मन्नामेसम्म मोटरबाटो पु¥याउने काम गरेका छांै । त्यस्तै निर्वाचनका क्रममा हामीले वडावासीलाई प्राविधिक शिक्षालय खोल्ने भनेका थियांै । त्यही अनुसार मावि धर्नालाई प्राविधिक विद्यालयका रुपमा सञ्चालनका लागि प्रोसेस अगाडि बढाएका छांै । दामोदरसडकको स्तरोन्नति गर्ने, दामोदरसडकबाट दायाँ–वायाँ रहेका सडकहरुको स्तरोन्नति गर्नेलगायतका भौतिक पूर्वाधार निर्माण गर्ने काम गरेका छौं । जसमा धारापानी, गल्लीटोल, शीतलपुर, नैनवार, दलित ओद्रवा, जिम्माल टोल, दलजीतपुर कालिपारे टोलमा विद्युतपोल र तार विस्तार भएका छन् । मावि धर्नामा खानेपानीको डिपबोरिङ खान्ने काम समेत भएको छ । धारापानीबाट कप्तानचोकसम्म सडकलाई १४ मिटर बनाउने काम भएको छ ।

त्यस्तै वडावासीलाई सम्पत्ति करलगायतका अन्य करहरु तिर्न घोराही जानुपर्ने बाध्यता हटाउन वडा कार्यालयबाटै अनलाइन माध्यमबाट कर संकलनको व्यवस्था गरेका छांै ।
घोराही उपमहानगरपालिकाका १९ वडाहरु मध्य वडा ५ लाई छुट्टै पहिचान झल्कने गरी विकास गर्न सकिन्छ ?
घोराही उपमहानगरपालिकाका १९ वटा वडाहरु मध्य वडा नं. ५ सुगम भित्र रहे पनि दुर्गम वडाका रुपमा रहेको छ । अहिले पनि वडाका सम्पूर्ण वस्तीहरुमा मोटरबाटो पुग्नसकेको छैन । सम्पूर्ण वस्तीहरुमा खानेपानी, विद्युतलगायतका अत्यावश्यक सेवा पु¥याउन वडाका तर्फबाट हामी लागेका छांै ।

वडा नं. ५ का आफ्नै विशेषताहरु पनि छन् । जस्तो ५ लाई माछाको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने आधारहरु छन् । त्यस्तै पर्यकटीय केन्द्रका रुपमा विकास गर्नका लागि पाण्डवेश्वर धामसँगै सुनकोट, सरिकोटलगायतका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक केन्द्रहरु छन् । ती क्षेत्रको विकास गर्न सकियो भने वडा नं. ५ को आफ्नै छुट्टै पहिचान बनाउन सकिन्छ ।

साविकको धर्ना गाविस अहिलेको ५ नं. वडालाई दाङमा माछापालनका लागि विशेष क्षेत्रका रुपमा लिने गरिन्छ । माछापालनलाई व्यवसायिक बनाउन सके वडामा बेरोजगार युवालाई रोजगारी सिर्जनासँगै कृषि पर्यटनका रुपमा विकास गर्न सकिदैन ?
घोराही उपमहानगरपालिकाको तेस्रो साधारणसभाले एउटा नीति ल्याएको छ । कर नबढाउने व्यवसायीहरुलाई करको दायरामा ल्याउने निती बनाएको छ । त्यही अनुसार हामीहरुले साविक धर्ना गाविस अहिलेको वडामा माछापालन व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसायीलाई फर्म दर्ता गर्न आह्वान गरेका छांै । अहिले माछासँगै कुखुरापालन, खुद्रापसल, बाख्रापालन, भैंसीपालन, गाईपालनलगायतका व्यवसाय सञ्चालन भइरहेका छन् । त्यसमध्य कतिपय व्यवसाय दर्ता छैनन् । ती सम्पूर्ण व्यवसायीहरुलाई कानुनी प्रक्रियामा ल्याएर उहाँको व्यवसाय प्रवद्र्धनसँगै युवाहरुलाई व्यवसायमा आकर्षण गराउनका लागि सहयोग गर्ने कार्यक्रम ल्याउने योजना छ ।

त्यस्तै कृषि व्यवसाय प्रवद्र्धनका लागि नगरबाट, प्रदेश सरकारबाट र केन्द्र सरकारबाट समेत अनुदान लिन सहज हुने भएकाले व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन थालेका हौं । वडालाई माछापालनसँगै कृषिको हवका रुपमा बढाउने योजना समेत ल्याउने छांै ।

bisnu sir

यो वडामा धारापानी मन्दिर समेत रहेको छ, यसको थप विकासको लागि वडाको योजना के छ ?

हाम्रो वडामा विश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर मन्दिर छ । मन्दिर धेरै पहिले स्थापना भएको हो । मन्दिरले विकासमा पछिल्लो समयमा धेरै फट्को मारिसकेको छ । यो धार्मिक क्षेत्रमात्र नभएर जिल्लाकै पर्यटकीय क्षेत्र पनि हो । यो वडाकोमात्र नभएर घोराही उपमहानगरपालिका र जिल्लावासी कै सम्पत्ति हो । यसको विकासका लागि अहिले वडाबाट मात्र होइन तत्कालिन गाविस हुँदासमेत धेरै काम गरेका छांै । अहिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण भएको छ । त्यही अनुसार विकासको निर्माणको काम भइरहेको छ ।
हामीले पनि वडाका तर्फबाट गर्न सके वडाकै शान बढ्ने हाम्रो विश्वास रहेको छ । पछिल्लो समय मन्दिर व्यवस्थापन समितिको अथक प्रयासमा धेरै विकासका पूर्वाधर निर्माण भएका छन् । सुनकोटसम्म सिढी बनाउने काम भइरहेका छ ।
एक वर्षको अवधिमा विकासको लागि वडावासीको मुख्य अपेक्षा के पाउनुभयो ?

यसका बारेमा मैले अघि भनिसकेको छु । यो वर्ष सिकाईको वर्षका रुपमा बितेको छ । जनताले विकासको तुरुन्तै प्रतिफल खोज्ने गरेका हुन्छन् । तथापि हामीहरुले गर्न सकेका छैनांै । धर्ना गाविस हँुदा काम गर्न जति सजिलो थियो, अहिले छैन । कर गाविसले लिने गर्दथ्यो र उक्त बजेट त्यही खर्च हुने व्यवस्था थियो । तर अहिले पनि उपमहानगरपालिकाबाट चल्नुपर्ने हुँदा केही असजिलो र झन्झटिलो छ ।

त्यस्तै अहिले तेस्रो नगरसभाको नीति कार्यक्रमबाट एक वडा एक पिचसडक लागत सहभागितामा गर्ने योजना अघि सारेको छ । वडावासीहरुको पनि सडक पिच गर्ने चाहनाका कारण अहिले घोराही उपमहानगरपालिकाको ८५ प्रतिशत र उपभोक्ताको १५ प्रतिशत सहभागितामा सिस्वानी टोलमा १५ सय मिटर सडक पिच हुने भएको छ । अहिले पनि वडावासीको चाहना भनेको धारापानीदेखि–बसन्तापुर–डाँगीगाउँसम्मको सडक स्तरोन्नति गरी कालोपत्रे गर्दै राप्तीराजमार्गमा जोड्नुपर्ने, सर्रा–सौडियार हँुदै धर्नाको बसन्तापुर जोड्ने सडक कालोपत्रे हुनुपर्ने, घोराही–१६ र ६ हँुदै धर्नाको दामोदर सडक जोड्ने बाटो स्तरोन्नतिसँगै कालोपत्रे गरिनुपर्ने, लखवार–धर्ना जोड्ने बबई नदीमा पक्की पुलको व्यवस्था हुनुपर्ने, कृषिको विकासका लागि सिंचाई, खानेपानीका व्यवस्थासँगै वडावासीहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरु गर्नुपर्ने रहेका छन् ।
नागरिकको अपेक्षालाई अब कसरी संबोधन गरेर जानुहुन्छ ?

हाम्रो काम भनेकै वडाको विकास गर्ने हो । जनताको आवश्यकतालाई पुरा गर्ने हो । हामीले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने हो । त्यही अनुसार अहिले जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने गरी भौतिक पूर्वाधार तथा सामाजिक विकासतर्फ क्षमता विकासका काम गरिरहेका छांै । त्यही अनुसार गतवर्ष हामीहरुले वडाका दलित, जनजाति, महिलाहरुलाई लोकसेवासम्म पहँुच बढाउनका लागि एक महिने लोकसेवाको तयारी कक्षा चलायौ, बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन हाउसवारिङ तालिम चलायौ साथै अपाङगता भएका व्यक्तिहरुलाई तालिम र उनीहरुका बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत सहयोग गर्नेलगायतका काम गरेका छांै ।
यो वडाका दुर्गम गाउँको रुपमा रज्जे, मनामे जस्ता गाउँ छन, ति क्षेत्रको विकासको लागि के सोच्नु भएको छ ?

हाम्रो वडामा अहिले पनि सिदुरे बसेरी खोलादेखि रज्जे, मन्नामेलगायतका दुर्गम क्षेत्रहरु रहेका छन् । यी क्षेत्रलाई विकासका पूर्वाधारसँग जोड्न आवश्यक छ । जस अनुसार हामीले गतवर्ष रज्जे र मन्नामे जोड्न सडक निर्माणको काम गरेका छौ । त्यस्तै सोही सडकलाई.रोल्पाको होलेरी–नारायणपुर–धर्ना हँुदै देउखुरीको रिहार जोड्ने सडक निर्माण काम भइरहेको छ । यो अलि ठूलो योजना रहेकाले प्रदेश वा केन्द्र सरकारले हेर्नुपर्छ भन्ने हाम्रो माग छौं ।

यसमा हामी मात्र नभएर घोराही उपमहानगरपालिका वडा नं. ८, १० र १२ को समेत माग रहेको छ । रोल्पा र देउखुरीलाई जोड्ने वैकल्पिक मार्गका रुपमा हेरिनुपर्छ भन्ने हाम्रो माग रहेको छ । अहिले रज्जे मन्नामेसम्म मोटर जान सक्ने भईसकेको छ । आगामी वर्ष थप विकास निर्माणको काम अघि बढ्ने छ । उक्त सडक निर्माणको लागि यो वर्षपनि दश लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रज्जे मन्नामेसम्म विजुली विस्तार भएको छ । विकासका पूर्वाधारसँग जोड्न सके यस क्षेत्रलाई पशुपालनका रुपमा विकास गर्न सकिन्छ ।
चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट कति छ ?

एक करोड रहेको छ । हाम्रो वडा दुर्गम क्षेत्र पनि रहेकाले विकास गर्न प्राप्त छैन । उक्त बजेटको ६० लाख रुपैयाँ पूर्वाधार विकासमा छ । सामाजिक विकासतर्फ ३० लाख रुपैयाँ र कार्यालय सञ्चालनतर्फ १० लाख रहेको छ । त्यही अनुसार अहिले वडामा विकास निर्माणका कार्यहरु भइरहेका छन् ।

वडा कार्यालयले प्रदान गर्ने सेवा कतिको प्रभावकारी छ ?

जनताको सेवाका लागि हामी कार्यालयमा अपडेट छौ । कार्यालयमा कर्मचारीहरु पनि हुनुहुन्छ । हाम्रो वडा सचिव पनि विगत लामो समयदेखि नै यस क्षेत्रका काम गरेकाले वडामा काम गर्न हामीलाई समस्या भएको छैन । नीतिगत समस्याका कारण केही काममा सेवाग्राहीले दुःख पाउनुभएको हुन सक्छ तर कार्यालयबाट सहजै हुन सक्ने सेवामा हामीले कुनै पनि सेवाग्राहीहरुलाई दुःख दिने गरेका छैनौ । यसैले गर्दा हामीले प्रदान गर्ने सेवाहरु प्रभावकारी नै रहेका छन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

घोराही उपमहानगरपालिकाको एक वडा एक प्राविधिक शिक्षालय निर्माण गर्ने नीति अनुसार मावि धर्नालाई प्राविधिक शिक्षालयका रुपमा विकास गर्न सिटिभिटीईमा फाइल दर्ता गराएका छौं । यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएका थियौ तर कानुनी जटिलताका कारण केही ढिलाई भएको छ । त्यस्तै स्वास्थ्यचौकीको स्तरवृद्धि गर्नका लागि पहल भइरहेको छ । अहिलेको भवन साँघुरो रहेकाले ओपिडी, वर्थिङ सेण्टरलगायतका स्वास्थ्य सेवा सञ्चालन गर्न अप्ठेरो छ । वडामा शान्ति सुव्यवस्था काम गर्न, वडामा दुव्यर्सनी नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*