Home / Feature Breaking news / घोराही कृषि प्रदर्शनीमा गायिका टिका सानुले नचाइन दर्शकलाई

घोराही कृषि प्रदर्शनीमा गायिका टिका सानुले नचाइन दर्शकलाई

दाङ, ३ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा गायिका टीका सानुले दर्शकलाई नचाइन् । उनले गीत गाउँदा दर्शकले नाँचेर साथ दिएका थिए ।

उनले ‘हिड माया जाऔँ बबई रेलको भाडा तिरिदिउँला म जम्मै’ गीत गाइरहँदा दर्शक, आमा तथा आफन्तीहरूले समेत नाँचेर साथ दिएका थिए । युवायुवती, वृद्धवृद्धाहरू समेत नाँचेर साथ दिएका थिए । छोरी आउने थाहा पाएपछि आमा तथा आफन्तीहरू समेत प्रदर्शनीमा आइपुगेका थिए । प्रदर्शनीमा दैनिक दर्शकको आकर्षण बढ्दै गएको छ । दिउँसो चर्को घाममा आएका उनीहरू साँझसम्मै कलाकाहरूसँगै रमाउने गरेका छन् ।

प्रदर्शनीमा दैनिक नागरिकको सहभागिता बढ्दै गएको मूल आयोजक समितिले जनाएको छ । प्रदर्शनीको आठौँ दिन पनि साँझसम्म पनि दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरूमा ग्राहकको भीड थियो । ग्राहकले आफूलाई आवश्यक पर्ने सामग्री खरिद गरेर लग्ने गरेका छन् । विहीवार पनि प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूलाई नाँचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिक कलाकारसँगै रमाएका थिए ।

दर्शकलाई घामबाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकलाई बस्न समेत सहज भएको छ । प्रदर्शनीमा युवायुवतीहरूको सहभागिता बढी रहेको थियो । विहीवार मिलन नेवार, चन्द्र शर्मा, कमल गाउँले, आशा बिसी, टीका सानु, सरिता दान्कुटी, मञ्जु आचार्य, विपीन घिमिरे, बसन्त राठोर तथा स्थानीय कलाकारहरूले आ–आप्mनो प्रस्तुती राखेका थिए । शुक्रवार बद्री पङ्गेनी, सिर्जु अधिकारी, विन्दु परियार, नवीन पौडेल, अञ्जली अधिकारी, विशाखा शाही, टोपेन्द्र विष्ट, राजेश भण्डारी तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने छ ।

प्रदर्शनीमा बालबालिकाहरू बालउद्यानमा रमाएका थिए । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोबार हुने मुख्य आयोजक समितिले जानकारी दिएको छ ।

प्रदर्शनीमा दैनिक धार्मिक पूजा, पाठ तथा अखण्ड दीप प्रज्ज्वलन भइरहेको मूल आयोजक समितिले जनाएको छ । यसैगरेर लोकदोहोरी प्रतियोगिता पनि सञ्चालन भइरहेको छ । खुल्ला कविता प्रतियोगिता समेत आयोजना गरिएको छ । यसैगरेर प्रदशर्नको अवसरमा हेलिकोप्टरमार्फत् लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिररहेका छन् । सबैभन्दा बढी स्वर्गद्वारी जानेहरूको संख्या बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*