दाङ,२१ माघ । सरकार विरुद्ध नेपाली काग्रेस दाङले घोराहीमा प्रर्दशन गरेको छ । चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्ने,गैर लोकतान्त्रीक ढंगवाट संवैधानिक परिषदको बैठक बसी विभिन्न निर्णयहरु गरेको विरोधमा नेपाली काग्रेसको केन्द्रीय कार्यक्रम अनुसार काग्रेस दाङले आज घोराहीमा विरोध प्रर्दशन गरेको हो ।
नेपाली काग्रेस पार्टी कार्यालयवाट सुरुभएको विरोध ¥याली सरकार विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो । बजार परिक्रमा पछि घोराहीमा भएको विरोधसभालाई नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार संविधानको मर्मवित अधिनायकवादी ढंगले अघि बढेका कारण काग्रेस सडकमा आएको बताएका थिए । उनले अहिले काग्रेस सडकमा आएको भन्दै सरकार यहि ढंगले अघि बढे नेपाली जनता सरकारमा आएर सकारलाई फाल्ने समेत बताए ।
विरोध सभालाई नेपाली काग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, प्रदेशसभा सदस्यहरु डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठलगायतका बक्ताहरुले सम्वोधन गरेका थिए । नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षता तथा कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकर डागीले गरेका थिए ।