Home / Feature Breaking news / काग्रेसलाई कमजोर ठान्ने दुष्प्रयास नगरियोसः नेता बस्नेत

काग्रेसलाई कमजोर ठान्ने दुष्प्रयास नगरियोसः नेता बस्नेत

दाङ,२५ बैशाख । नेपाली कांग्रेसको जागरण अभियान सुरु भएको छ । नेपाली काग्रेस दाङले घोराहीमा उपमहानगरपालिकाका हलमा आयोजना गरेको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पिपलको बोटमा पानी चारेर जागरण अभियानको उद्घाटन गरेका थिए ।

अभियानको उदघाटन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बस्नेतले जागरण अभियानले काग्रेसलाई माझेर नयाँ काग्रेस बनाउने विश्वास व्यक्त गरे । उनले काग्रेसलाई परिस्कृत र पुर्नजिवित बनाउनका लागि अभियान फलदायी हुने बताए । अभियानले काग्रेसका नेता तथा कार्यकर्ताहरुमा रहेको तिक्तता, बैमन्स्यता हटाएर एक अर्कामा माझिने, परिस्कृत हुने र एक ढिक्क हुन सहयोग पु¥याउनेछ । कम्युनिष्ट सरकारका कारण देश गम्भीर अवस्थामा पुग्न थालेको उनको भनाई रहेको थियो ।

नेता बस्नेतले काग्रेसलाई पहिलो पार्टी बनाउन काग्रेस–काग्रेसका विचमा एकता आवश्यक रहेको बताए । आपसी मनमुटाव र रिसराग नभए काग्रेस अहिले पनि काग्रेस कमजोर नभएको उनको भनाई थियो । ‘काग्रेस कमजोर होइन, अलमलिएको हो, अभियानले कांग्रेसलाई सही दिशामा डो¥याउनेछ’,नेता बस्नेतले भने,‘जनताको चाहना नबुझदा काग्रेसपछि परेको थियो, अव जनतामा गएर तिखारिएर आउनेछ ।’ उनले जनताले अहिलेको काग्रेस होइन विगतको काग्रेस खोेजेको समेत बताए ।

उनले नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले सामान्य कुटपिटको घट्नालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको भन्दै त्यस्तौ नगर्न चेतवनी दिए । तिलक रावतको घट्नालाई उल्लेख गर्दै नेता बस्नेतले भने,‘निर्वाचन हार्दैमा काग्रेस कमजोर हुदैन,यो कुरा सिडियो र प्रहरी प्रमुखले बुझ्नुपर्छ’, उनले भने,‘कम्युनिष्टको बलमा अहिले काग्रेसलाई अत्याचार गरे,त्यसका परिणाम पछि नराम्रो हुनेछ ।’ नेता बस्नेतले रावतलाई छोड्न समेत आग्रह गरे ।
अकार्यक्रममा बोल्दै नेपाली काग्रेसकी जिल्ला कोषाध्यक्ष सावित्रा रानाले काग्रेसलाई सृदृढ र परिष्कृत पार्टी निर्माणमा सहयोग पुग्ने बताएकी थिइन ।

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा राष्ट्रिय जागरण अभियानको उद्घाटन भएको थियो । नेपाली कांग्रेस दाङका पार्टी उपसभापति कमानसिंङ भारतीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण काग्रेस जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*