Home / Feature Breaking news / प्रतिष्ठानका उपकुलपतिलाई नारायणपुर उवासंघद्वारा स्वागत

प्रतिष्ठानका उपकुलपतिलाई नारायणपुर उवासंघद्वारा स्वागत

फागुन १४, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. बिकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति लामिछानेलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपकुलपति डा. लामिछानेले प्रतिष्ठानका सेवा सुविधालाई विस्तार गर्दै लैजाने बताएका थिए । ‘आफ्नै गाउँठाउँमा स्वास्थ्य क्षेत्रमा सेवा गर्ने अवसर मिलेको छ । मैले आफूले सकेसम्म प्रतिष्ठानको सुविधालाई बिस्तार गरेर लैजाने प्रयत्न गर्नेछु ।’ उपकुलपति डा. लामिछिानेले भने ।

कार्यक्रममा सिद्ध रत्न नाथ मावि नारायणपुरका प्राचार्य उत्तम खनालले नारायणपुर क्षेत्रको स्वास्थ्य सेवाका बारेमा जानकारी गराएका थिए ।

संघका उपाध्यक्ष तिलक महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*