Home / Feature Breaking news / सर्वोच्च अदालतको फैसलाको स्वागतमा ट्रक समितिद्वारा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागतमा ट्रक समितिद्वारा दीप प्रज्वलन

दाङ, २२ चैत
राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले सर्वोच्च अदालतले व्यवसायीहरुको पक्षमा गरेको फैसलाको स्वागत स्वरुप दीप प्रज्वलन गरेको छ । समितिको घोराहीमा रहेको कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हो ।

संस्था दर्ता ऐन २०३४ बमोजिम स्थापीत यातायात क्षेत्रसँग सम्बन्धीत संघसंस्था र समितिलाई खारेज गर्ने निर्णय विरुद्ध नेपाल ट्रक व्यवसायी महासंघले मन्त्री परिषद्को निर्णय विरुद्ध उक्त रिट खारेज गरिपाउँ भनि सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा चैत २० गते न्यायधीशहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त ईजलासले फैसला गर्दै महासंघको मागदाबी पुरा भएकाले सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दीप प्रज्वलन गरिएको राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाले जानकारी दिनुभयो ।

दाङ लगायत देशैभरिका ट्रक व्यवसायी समितिहरुले फैसलाको स्वागतमा दीप प्रज्वलन गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*