Home / समाचार / कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउदै

कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउदै

घोराही, ५ चैत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउनुहुने भएको छ । नेपाली कांग्रेस घोराही उपमहानगर समितिको दोस्रो सम्मेलनमा सहभागी हुनकालागी पौडेल दाङ आउन लाग्नुभएको हो ।

यही मिति २०८० चैत १० गते हुने सम्मेलनलाई सम्बोधन गर्नकालागी पौडेल दाङ आउन लागेको नेपाली कांग्रेस घोराही उपमहानगर समितिका प्रवक्ता सुरज बुढाथोकीले जानकारी दिनुभयो ।

साथै उहाँले चैत १० गते शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा हुने उपमहानगर सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*