घोराही, १२ असोज
दाङको भुगोलमा जन्मिएर राष्ट्रिय रुपमा सामाजिक अभियन्ताको छवि बनाउनुभएको बिमला योगी राजनितिक रुपमा पनि परिचित हुनुहुन्छ । विद्यार्थी राजनितिदेखी हालसम्म अनवरत रुपमा राजनितिक रुपमा आँफूलाई क्रियाशील राख्दै योगी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको उम्मेदवार बन्नुभएको छ । महाधिवेशन प्रतिनिधी (महिला खुला) मा योगीले सोमवार आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शालिन र भद्र व्यक्तित्वको पहिचान बनाउनुभएकी योगी नेपाल महिला संघ दाङको संस्थापक अध्यक्ष भएर महिलाहरुको राजनितिक चेतना अभिवृद्धिका अभियान नै सञ्चालन गर्नुभएको थियो । नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा महिलातर्फ सबै भन्दा लोकप्रिय मत ल्याउन सफल हुनुभएको थियो । देशमा हुने हरेक निर्वाचनहरुमा नेपाली कांग्रेसको निर्देशन अनुरुप पार्टीका उमेद्वारलाई जिताउन अग्र मोर्चामा हिड्ने राजनितिक ईमानदारीता बोकेकी बिमला १५ औ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिको दौडमा छिन् ।
महिलाको सामाजिक, राजनितिक तथा आर्थिक सशक्तिकरणका लागि ३० बर्ष देखि क्रीयाशील उहाँ आर्थिक विज्ञता पनि प्रर्याप्त छ । महिला आर्थिक रुपमा सबल नभएसम्म सामाजिक संरचनामा सुधार आउदैन भन्ने बुभ्mनुभएकी योगीले महिलाहरुलाई लघुवित्त मार्फत महिलाको आर्थिक सुधारमा ठुलो योगदान दिनुभएको छ ।
घोराही उपमहानगरपालिका १७ चौघेरामा जन्मनुभएकी विमला योगीले शिक्षक, मानवअधिकार, महिला सशक्तिकरण, आर्थिक तथा सामजिक रुपान्तरण लगायत क्षेत्रमा चार दशकदेखी क्रियाशील रहनुभएको छ । राजनितिका क्रममा गाउँ गाउँसम्म पुग्दा समाजलाई नजिकबाट नियाल्ने अवसर पाउनुभएका योगीले महिला, युवा तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने उद्धेश्यका साथ तीन दशक अगाडी नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना गरेर देशभर सामाजिक अभियानको काममा क्रियाशील रहनुभएको छ ।
संस्थाले अधिकारसँगै शशक्तिकरण गर्दै जाँदा आर्थिक रुपान्तरणका लागि आफ्नै नेतृत्वमा ‘महिला सामुदायिक लघुवित्त वित्तिय संस्था २०६० सालमा’ पनि सुरु गरिन् । यो लघुवित्तको उद्देश्य महिलालाई आर्थिक रुपमा सबलीकरण गराउनु थियो ।
योगीले राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी निर्देशक जिम्मेवारी पुरा गर्नुभएको थियो । बिमलाले जिल्लामा बिपन्न बालबालिकाको अध्ययनका लागि कोष नै स्थापना गरेर अभियान निरन्तर संचालन गरिरहनुभएको छ ।
RaptiSandesh RaptiSandesh