घोराही, २० जेठ
विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । नेपाल महिला सामुादयिक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरि बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
प्रजातन्त्र तथा विकास केन्द्र काठमाडौँसँगको सहयोगमा सशक्तीकरणकालागी शिक्षा कार्यक्रम र बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत ४१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं गोरक्ष रत्ननाथ मावि चौघेराका लेखापाल गोविन्द जिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले संस्थाले सशस्त्र द्धन्दको समयमा द्धन्दपीडित परिवार एवं अति विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा सहयोग गरेर अभियानको दुई दश अगाडी सुरुवात गरिएको र हालसम्म १६ सय बढि बालबालिकाहरुले शिक्षाकालागी सहयोग प्राप्त गरिसकेको बताउनुभयो । उहाँले केही दातृ निकायको सहयोग र अन्य सञ्चालक समितिका सदस्यहरु, कर्मचारीहरुको सहयोगमा यो अभियानकालागी सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘हामीले जेहेन्दार तथा पढ्नकालागी उत्साहित बालबालिकाहरुलाई हरेक बर्ष सहयोग गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘हामीले गरेको सानो सहयोगले बालबालिकाहरुको शिक्षामा निरन्तरता भएको छ, परिवारलाई सहयोग भएको छ । संस्थाको यस अभियानमा धेरैले साथ दिनुभएको छ ।’
केन्द्रका कार्यक्रम अधिकृत दिपा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण राजिव योगीले गर्नुभएको थियो ।