Home / Feature Breaking news / व्यवसायीहरुको समस्या समाधानमा साथ दिन पाउँदा खुसी लाग्छ, त्यसैले सचिव पदमा मेरो उमेद्वारीः माया पोख्रेल

व्यवसायीहरुको समस्या समाधानमा साथ दिन पाउँदा खुसी लाग्छ, त्यसैले सचिव पदमा मेरो उमेद्वारीः माया पोख्रेल

घोराही, २८ साउन
दाङका सफल महिलाहरुमा एक नाम होः माया पोख्रेल । हसिली र मिजासिली माया दाङकै एक सफल र उत्कृष्ट महिलाको रुपमा परिचित छिन् । सञ्चारकर्मीबाट आफ्नो छवी बनाएकी या पछिल्लो समय व्यवसायीको रुपमा परिचित छिन् ।

त्यसो त उनको पहिचान धेरै छन्ः सञ्चारकर्मी, व्यवसायी, महिला मानवअधिकारकर्मी समग्रमा भन्ने हो भने सामाजिक व्यक्ती । तर माया आफूलाई व्यवसायीको रुपमा चिनाउन चाहन्छीन् । उनको मन परेको क्षेत्र भनेकै व्यवसायी हो । किन व्यवसायी नै रोज्नुहुन्छ भनेर सोध्दा उनी भन्छीन्र– ‘म व्यवसायी भएर व्यवसायीहरुकै माझमा रहन चाहन्छु । किनकी व्यवसायीहरुको माझमा व्यवसायीहरुसँग काम गर्दा उहाँहरुको समस्या समाधानमा लाग्न पाउदा खुसी लाग्छ ।’ उहाँले व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानकालागी आफू सधै तत्पर रहने बताउनुहुन्छ ।

दाङ महिला जेसीजको पूर्व अध्यक्ष, नेपाल परिवार नियोजन संघ दाङको वर्तमान कार्यसमिति सदस्य, संकल्प महिला सञ्चार संस्थाको वर्तमान सचिव, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका वर्नमान सदस्य, सामुदायिक सेवा केन्द्रको पूर्व महासचिव भएर काम गरिरहेकी माया नेपाल पत्रकार महासंघ दाङको पूर्व कार्यसमिति सदस्य र नेपाल प्रेस युनियन दाङको कार्यसमिति सदस्य हुनुहुन्छ ।

साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा माया सचिव पदको उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रिक उद्यमी संघको प्यानलबाट सचिव पदको उमेद्वार बन्नुभएका माया पोख्रेललाई सचिव पदमा तपाईको उमेद्वारी किन भनेर सोध्दा उहाँ भन्नुहुन्छ– ‘व्यवसायीहरुको हकहितकालागि त छदैछ यसका साथै संगठनलाई चुस्तदुरुस्त बनाउन मेरो भूमिका हुनेछ ।’ मायाले सबै व्यवसायीहरुको साथ र सहयोगले आफू यहाँसम्म आएको भन्दै यसपटकको निर्वाचनमा पनि विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

उहाँले सचिव पदमा मतदान गरेर आफूलाई विजयी बनाउन अनुरोध गर्नुभयो । आफ्नो विजयी नै समग्र व्यवसायीहरुको विजयी हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*