घोराही, २८ साउन
दाङ जिल्ला उद्योग वाणीज्य संघको यही साउन ३१ गते हुने निर्वाचन हुदैन । नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा दाङका सफल युवा व्यवसायी सुशील पोख्रेल पनि चुनावी मैदानमा हुनुहुन्छ । सुशील दाङ जिल्ला उद्योग वाणिज्य संघमा कोषाध्यक्ष पदम प्रजातान्त्रिक प्यानलबाट चुनावमा होमिनुभएको छ ।
२०६१ सालबाट व्यवसाय सुरु गर्नुभएका सुशील जिल्लाका एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । विशेष गरि अटो व्यवसाय अंगाल्नुभएका सुशील व्यवसायीहरुमाझ लोकप्रीय मानिनुहुन्छ । अटो भिलेज कपासीबगिया निर्माणसँगै अटो व्यवसाय व्यवस्थित गर्न सुशीलको महत्वपूर्ण भूमिका रहेको छ ।
अटो भिलेजको पूर्वअध्यक्ष, राप्ती अटो ईञ्जिनियरिङ एसोशियसन अध्यक्ष, स्वर्गद्धारी अटो भिल्लाका सञ्चालक भएर जिम्मेवारी पुरा गरिसक्नुभएका सुशील पुर्कोटे आयल नवलपुरका सञ्चालक, अटो भिलेजद्धारा गठीत सहकारीको अध्यक्ष पदमा रहनुभएको छ ।
व्यवसायीहरुको छाता संगठन दाङ जिल्ला उद्योग वाणिज्य संघमा आर्थिक पारदर्शीता बनाउदै आर्थिक रुपमा विकासकालागि भूमीका खेल्न आफूले उमेद्वारी दिएको सुशीलले बताउनुभयो । उहाँले व्यवसायीहरुको हक हितकालागि काम गर्न आफू चुनावी मैदानमा रहेकाले आफूलाई मतदात गर्न सम्पूर्ण व्यवसायी मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।