Home / समाचार / टेण्डर आव्हान गरेको ६ महिना हुदा निर्माण भएन

टेण्डर आव्हान गरेको ६ महिना हुदा निर्माण भएन

देउखुरी, १२ साउन ।
लमही कोईलावास हुलाकी सडकको स्तर बृद्धिका लागि दोस्रो पटक टेण्डर आव्हान गरेको ६ महिना बितिसक्दा पनि निर्माण कार्यको जिम्मा कसैले लिएका छैनन् । पहिलो पटक टेण्डर भै निर्माण सम्पन्न गर्ने मिति सकिए लगत्तै निर्माणकर्ता सम्पर्क बिहिन भएपछि पहिलो पटकको टेण्डर रद्ध भएको थियो ।

दोस्रो पटक टेण्डर भएको जानकारी पाए लगत्तै खुसी भएका त्यहाँका बासिन्दाहरु फेरी अन्यौलमा परेका छन् । दोस्रो पटक टेण्डर भएको आधा बर्ष बितिसक्दा निर्माण प्रक्रिया अगाडी नबढाएको भन्दै स्थानिय बासिहरु शंसकित बनेका छन् ।

प्रत्यक बर्ष मर्मतको नाममा सडकमा असार मसान्तमा गिट्टी वालुवा छरेपनि बर्षात संगै आएको भेलले बगाएपछि सडक जस्ताको तस्तै भएको स्थानीय रमेश चौधीले बताउनुभयो । उहाँले असार मसान्तमा खर्च हुन नसकेको बजेटलाई देखाउन खर्चमा देखाउन झारा टार्ने काम गरेको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*