Home / समाचार / सौडियारमा २ सय बढि कांग्रेसमा प्रवेश

सौडियारमा २ सय बढि कांग्रेसमा प्रवेश

घोराही, ३० कार्तिक
विहीवार सौडियारको विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टि परित्याग गरि करिब २ सय बढि कांग्रेसमा प्रवेश गरेका छन् ।

विभिन्न स्थानमा भएको कार्यक्रममा एमाले, माओवादी एवं अन्य दल परित्याग गरि २ सय बढि कांग्रेसमा प्रवेश गरेका थिए ।

उनीहरुलाई प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने, क्षेत्रीय सभापति भुपबहादुर डाँगी लगाउतले टिका लगाएर कांग्रेसमा प्रवेश गराउनुभएको थियो ।

नवप्रवेशीहरुले बाम गठबन्धनको नाममा जनताहरुलाई धोका दिने खेल भएकाले लोकतन्त्रको रक्षा गर्न सक्ने पार्टि कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*