Home / Feature Breaking news / घोराही मेयर कप : वडा नम्बर १० को लगातार तेस्रो जित

घोराही मेयर कप : वडा नम्बर १० को लगातार तेस्रो जित

घोराही, २६ पुस

घोराहीमा जारी मेयरकप फुटबल प्रतियोगीतामा वडा नम्बर १० ले तेस्रो सानदार जित निकालेको छ ।

लिग चरण अन्तरगत वडा नम्बर ५ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै तेस्रो जित निकालेको हो । जसमा वडा नम्बर १० का शिशिर पुन (निरज)ले लगातार ३ गोल गर्दै ह्याट्रिक गर्नुभयो ।

पहिलो हाफमा २ गोल गर्नुभएका पुनले दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक गुर्नभयो भने खेलको दोस्रो हाफमा सागर पुन (चौठी)ले गोल गर्दै टिमलाई ०-४ गोलले बिजयी बनाउनुभयो । जारी मेयरकपमा वडा नम्बर १० का सागर पुनले ५ र शिशिर पुनले ४ गोल गर्नुभएको छ ।

घोराही उपमहानगरपापलिका खेलकुद विकास समितिको आयोजनामा पुस २० गतेदेखी जारी छैठौँ मेयरकपमा वडा नम्बर १० ले उत्कृष्ट खेल प्रर्दशन गर्दै सर्वाधिक कुल १५ गोल गरेको छ ।

समूह डी मा रहेको वडा नम्बर १० ले वडा वडा नम्बर ११ सँग २ – ७, वडा नम्बर ८ सँग ० – ४ र वडा नम्बर ५ सँग ० – ४ को जित निकालेको छ । वडा नम्बर १० समूह बिजेता बनेर क्वाटरफाईनको यात्रा पक्का गरेको छ ।

मेयरकपको लिग चरणमा विहीवार भएको खेलमा वडा नम्बर ३ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै वडा नम्बर १७ र वडा नम्बर १५ लाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै वडा नम्बर १८ बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*