Home / Feature Breaking news / सडकमा मनपरि निर्माण सामाग्रीः दुर्घटनाको जोखीम

सडकमा मनपरि निर्माण सामाग्रीः दुर्घटनाको जोखीम

घोराही, १६ साउन
घोराही बजार क्षेत्रमा सडकमा राखीने निर्माण सामाग्रीले सवारी दुर्घटनाको जोखीम बढेको छ । बजार क्षेत्रका सडकहरुमा राखीएका निर्माण सामाग्रीका कारण सवारी दुर्घटनाको जोखीम बढेको हो ।

विशेष गरि घर निर्माण गर्ने क्रममा पुरै सडक छोपीने गरि राखीएका निर्माण सामाग्रीहरुले दुर्घटनाको जोखीम बढेको सवारी चालकहरुले बताउने गरेका छन् । सामाग्री राख्नकालागी ठाँउ नभएपनि सडकमा व्यवस्थित रुपमा केही मात्रामा ती समाग्रीहरु राख्नु स्वभाविक भएपनि सडक नै छोपीने गरि निर्माण सामाग्री ढुंगा, गिट्टी, बालुवा, छड लगायतका सामाग्रीहरु राख्दा सवारी आवागमनमा समस्या भएको सवारी चालक महेश रोकाले बताए ।

घोराही उपमहानगरपालिका, ट्राफिक प्रहरी लगायतले समय–समयमा सडकका सुमाग्री हटाउने गरेपनि यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा सवारी दुर्घटनाको जोखीम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*