Home / Feature Breaking news / लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल,१९ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् । उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*