Home / Feature Breaking news / दाङमा अटोमेटिक पेस्तोलससहित दुई भारतीय पक्राउ

दाङमा अटोमेटिक पेस्तोलससहित दुई भारतीय पक्राउ

दाङ, १९ साउन । दाङमा प्रहरीले चाइनिज अटोमेटिक पोस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनाथ जिल्ला नगरपञ्चायत बढनी ३ बस्ने २२ वर्षका करमुल्लाह आमिर र सोही पञ्चायत वडा नं। ८ का १९ वर्षका राजा खान रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी दाङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई सोमवार दाङको गढवा गाउँपालिका–१ जुनौलीस्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुले त्यहाँ पेस्तोलको कारोवार गर्दै गरेको गोप्पे सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिएका छन् । प्रहरी प्रमुख काफ्लेका अनुसार उनीहरुबाट एक थान अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा लाग्ने गोली २ थान २ थान म्याग्जीन, मावाइल बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी दुबै जना अबैध हातहतियारका कारोवारी भएको र उक्त पेस्तोल दाङका केही हतियार राख्न सोकिन र अपराधिक गतिविधिमा सम्भावित संलग्न व्यक्तिहरुसँग ३ लाखमा विक्रीका लागि बाग्रेनिङ गरिरहेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*