दाङ, २६ भदौ
सवारी दुर्घटनामा परि दाङका एक दम्पत्तिको मृत्यु भएको छ । आइतबार बाँकेको समशेरगञ्जमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका ३० बर्षीय ढकबहादुर केसी र २९ बर्षीया सीता केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दाङको शान्ती नगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी केसी दम्पत्ति सवार भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई आइतवार विहान साढे पाँच बजेतिर काठमान्डौंवाट धनगडी जाँदै गरेको ना ४ ख ५६५३ नम्वरको बसले सम्शेरगञ्जमा ठक्कर दिएको थियो ।
गम्भीर घाईते ढकबहादुरको आइतवार र उनको श्रीमति सीता केसीको भारतको लखनउमा उपचारको क्रममा आज सोमवार विहान मृत्यु भएको परिवारले जानकारी दिएको छ ।