दाङ, २६ भदौ
प्रहरीले तुलसीपुरबाट ७ जनालाई जुवाडेहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद २० हजार सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले २० हजार नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ५ का ५० बर्षीय ऋषिराज आचार्य, तुलसीपुर ६ निबासी ५० बर्षीय नारायण अधिकारी, सोही ठाउ निबासी ५९ बर्षीय घनश्याम सुबेदी, ७३ बर्षीय नारायण रेग्मी, ७० बर्षीय गिरिराज रेग्मी, ५५ बर्षीय दुर्गा प्रसाद न्यौपाने, ६८ बर्षीय बिर बहादुर बुढालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २० हजार २ सय पनि बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।