Home / Feature Breaking news / राप्तीका एक्ला कांग्रेसी ‘हिरो’

राप्तीका एक्ला कांग्रेसी ‘हिरो’

देवेन्द्र बस्नेत
दाङ, २५ मंसिर
२०७० को पछिल्लो संविधानसभा निर्वाचनमा एकछत्र बिजयी नेपाली कांग्रेसले दाङमा पुनः उहि नतिजा दोहोर्याउने लक्ष लिएको थियो ।

बामगठवन्धनको ‘शक्ति’ लाई समेत परास्त गरेर आँफू विजयी हुने कांग्रेसको आत्मविश्वास त्यतिबेला कमजोर बन्दै जान थाल्यो, जतिबेला मतगणनाको प्रारम्भिक नतिजा आउन थाल्यो । हरेक ‘मत अपडेट’ (चुनावी मत परिणाम) मा कांग्रेसका सबैजससो उम्मेदवारको मतान्तर बढ्दै थियो । पार्टीका नेताहरु समेत निराश बन्दै थिए ।

जगजगी फैलिईरहेको थियो ‘आफ्नै गढमा कांग्रेस स्वीपनै हुने भयो ।’ तर एक नेता डिल्ली चौधरी यो मतान्तरले बिचलीत फिटिक्कै थिएनन् । प्रदेशसभा सदस्यका उम्मेदवार उनको विश्वास थियो ‘फराकिलो मतान्तरले म बिजयी हुन्छु ।’ प्रतिनीधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमा कांग्रेसका सबै उम्मेदवार पछि परिरहँँदा डिल्लीले भने क्षेत्र नम्बर ३ बाट प्रदेश सभामा प्रवेश गर्ने लक्ष हारेनन् । उनलाई विश्वास थियो ‘मैले आमजनताका लागि गरेको बिकासको प्रभावले मलाई पक्कै जिताउने छ ।’

शुक्रवार दिउँसो देखिको बिजयको माला पहिरिने उनको धैर्यता आईतवार विहान बल्ल टुट्यो । उनि आफ्नो आत्मविश्वासबाट साँच्चिकै बिचल्लीत भएनन् । पाँच नम्बर प्रदेशको समृद्धिका लागि प्रदेशसभामा प्रवेश गर्ने उनको लक्ष साकार भईछोड्यो ।

क्षेत्र नम्बर ३ प्रदेशसभा १ का उम्मेदवार डिल्ली निर्वाचित भए । १७ हजार ३५ मत प्राप्त गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनका प्रतिष्पर्धि एमालेका जगप्रसाद शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरे ।

‘चुनाव विश्वासले जित्ने कुरा हो,’उनले नागरिकसंग भने ‘मैले त्यहि विश्वास कमाएको थिएँ र आज त्यहि विश्वासले चुनावमा सुखद नतिजा ल्याईदियो ।’

शनिवार विहान प्रकाशित चुनावी नतिजाले डिल्ली आँफूलाई मात्रै जिताईदिएन, ठूलो हारले पीडामा रहेको नेपाली कांग्रेस दाङका लागि ठूलो राहतको अनुभुत समेत दिलाईदियो । डिल्ली प्रतिनीधि सभा र प्रदेशसभाको निर्वाचनमा राप्तीमै जित्ने एकमात्रै कांग्रेसी नेता हुन् । ‘मेरो जीत मेरो व्यक्तिगत जीत मात्रै हैन,’ उनले भने ‘मेरो जीतले दाङमा कांग्रेसलाई जिताएको अनुभुत गरईदिएको छ ।’ सबै ठाउँमा नेपाली कांग्रेसको फराकिलो मतान्तर सहित पराजय , तर डिल्लीको जीत कसरी सम्भव ? उनले जवाफ दिए ‘म जनताको सुखदुखमा सदैब साथै रहेँ,त्यसैको फल आज मैले पाएँ ।’

वर्तमान श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीले आँफूलाई बिकासे नेताकै प्रतिफल स्वरुप जित हाँसिल गरेको बताए । दाङमा हुने विपत्तिमा उनि सदैब पीडितको घाउमा मल्हम बनिदिन्छन् । बिकासे योजनाहरु पुल निर्माणमा उनको योगदान निकै प्रशंशनीय रह्यो ।

फलस्वरुप आफ्नो जीत सफल भएको उनले वताए । ‘कुलो निर्माणमा होओस्, बाढी विपत्तिमा होओस्, चाहे पुन निर्माणमा होओस्,म ति हरेक स्थानमा उभिएको जनताले देख्नु भयो,’उनले भने ‘त्यसैको श्रेय मलाई मतदाताहरुले दिनु भएको हो ।’

चुनाव अघि सम्म आँफूलाई सम्भावीत प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको रुपमा दाबी गर्दै आएका डिल्ली अब त्यो सम्भावनाबाट अलग्गिएका छन् । उनले यसमा दुखेसो गर्दै भने ‘मैले चुनाव जित्नेमा कुनै शंका थिएन तर चुनाव जितेर पनि मुख्य मन्त्री बन्ने सपनाबाट बाहिरिनु पर्दा दुखित छु ।’ प्रदेशभर भएको चुनावी परिणामले उनलाई यो ‘रेस’ बाट असफल तुल्याईदिएको छ ।

तर प्रदेशसभामा प्रतिपक्षको नेतृत्व गर्ने आत्मविश्वास पलाएको छ । ‘म प्रदेशसभामा प्रतिपक्षको नेतृत्वकर्ताको रुपमा उपस्थित हुने छु,’उनले भने ‘सत्तापक्षिय कामकारवाहीलाई निगरानी गरेर सहि निर्णयको समर्थन र गलत निर्णयको प्रतिवाद गर्नका लागि मेरो भुमिका अब नेतृत्वदायि बन्ने छ ।’

यति मात्रै हैन, जिल्लामा खस्कीएको कांग्रेसको स्थानलाई माथि उकास्ने शक्तिका रुपमा पनि उनले आँफूलाई उभ्याएका छन् । ‘कांग्रेसको सांगठनिक बिकासको जिम्मेवारी पनि मलाई यो चुनावले सुम्पीएको अनुभुती मैले गरेको छु,’उनले भने ‘पार्टीको हितका लागि अब मेरो अर्को महत्वपूर्ण काम भनेको यहि हुने छ ।’

बुवा टुकलाल चौधरीका छोरा उनले भलै कमैया बस्नु परेन, तर उनकी आमा स्वमती करीव १७ बर्ष अर्काको घरमा कमैया बसिन् । परीवारलाइ पुग्ने जग्गा थिएन, अधिया जग्गा कमाउनुपर्ने उनको बाध्यता थियो । पांच कक्षा पढ्दै गर्दा उनलाइ अधियाराको खेत जोत्न जानुपथ्र्यो । समय परीवर्तन संगै चौधरी सामाजिक अभियानमा जोडिए ।

जुन वेला उनी १४ बर्ष मात्रैका थिए । उनले थाले प्रौढ शिक्षाको अभियान । प्रौढ शिक्षा अभियान सन्चालन गर्दागर्दै उनकै पहलमा व्याकवार्ड सोसाइटि एजुकेशन वेश खुल्यो ।

त्यहि वेला संयोगले उनी थाइल्याण्ड पुगे, आदिवासीका अधिकारकालागी । त्यहां उनले आदिवासी अधिकारका केहि पक्ष सिके । त्यसपछि भारत पुग्दा सन १९८८ मा वाल वचाउ आन्दोलनका अभियन्ता कैलाश सत्यार्थीको संपर्कमा पुगे उनी । उनकै सव्दमा सत्यार्थी उनीभन्दा धेरै सिनियर, धेरै सिके केहि घण्टाकै संपर्कमा । जुनवेला उनले संस्था चलाउंदै थिए, त्यो वेला एक लिटर तेल पाउन पनि मुस्कील थियो ।

चैधरीको अर्को सामाजिक अभियान श्रमीक मुक्त संगठनबाछ १९८४ शालमा सुरु भयो । त्यसकै निरन्तरता स्वरुप विसं २०४७ शाल माघ १६ गते वेस संस्था खोले । स्वास्थ्य कार्यक्रम चलाइरहंदा स्वास्थ्यकर्मिहरुमाथि पनि आक्रमण भयो, त्यो वेलाको द्धन्द्धकालमा, तैपनि उनको संस्था कहिल्यै झुकेन । त्यसै क्रममा एन्जिओ फेडेशेरशनको अध्यक्ष पनि बने । त्यहि क्रममा उनी वर्तमान प्रधानमन्त्री शेर वहादुर देउवाको संपर्कमा पनि जोडिए । त्यसपछि सामाजिक रुपान्तरण अभियान संगै उनी राजनितिमा पनि जोडिए ।

एक पटक संसदिय निर्वाचनमा पनि लडे, तर थोरै मतले हारे । संविधान सभाको निर्वाचनमा उनले प्रत्यक्ष तर्फको टिकट पाएनन्, समानुपातिकका सभाषद बने ।

विसं २०७१ शलको विनाशकारी वाढि आउंदा उनको सहयोगी भुमिका अहिलेको निर्वाचनको सुखद परिणामको बलियो आधार उनि ठान्छन् । व्यक्तिगत खर्च मात्रै उनले करीव दुइ लाख गरे त्यो वेला । अनि वाढि पिडित संरचनाको पुर्ननिर्माणका शिर्षकमा करीव एक अर्वको विकाश बजेट ल्याए । त्यसले उनको राजनितिक हाइट उँचो बचाइदियो । ‘२०७१ को बिनाशकारी बाढीका बेला म प्रत्यक पीडितको घाउमा मल्मह बनेको थिएँ,’उनले भने ‘त्यो गुण मतदाताहरुले बिर्सनु भएको रहेनछ । ’

समग्र प्रदेशसंगै दाङको सिँचाई र सडकको क्षेत्रमा उल्लेख्य योगदान गर्ने लक्ष उनले प्रदेशसभाको प्रवेश बनेको छ । ‘मुख्यतया पानी मेरो पहिलो ऐजेण्डा हो,पिउने र सिचाईका लागि अत्यावश्यक चिज पानीको सहजताका लागि मैले कुनै कसर बाँकी राख्ने छैन,’उनले भने ‘संगसंगै सडकलाई प्रामिकतामा राखेर यो प्रदेशको समृद्धिको परिकल्पना गरिरहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*