Home / Feature Breaking news / प्रदेश सभामा मेरो भूमिका प्रतिपक्षको नेतृत्वः डिल्ली चौधरी

प्रदेश सभामा मेरो भूमिका प्रतिपक्षको नेतृत्वः डिल्ली चौधरी

डिल्ली चौधरी – प्रदेशसभा सदस्य दाङ क्षेत्र नम्बर ३ प्रदेशसभा (१)

dilli1

यहाँको जीत के का लागि ?
मैले मेरो जीतलाई प्रदेश नम्बर पाँचका सम्पूर्ण नागरिकको जीतका रुपमा लिएको छु । यसर्थ यो मेरो व्यक्तिगत जीत हैन । प्रदेशसभा सदस्यका निर्वाचित भैसकेपछि अब मेरो मुख्य लक्ष भनेको यो प्रदेशको समृद्धि हो । कसरी यो प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने तर्फनै मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले दाङबाट निर्वाचन लडे र जीते । तर मेरो ध्यान दाङमा मात्रै सिमित पक्कै हुनेछैन । दाङ सहित यो प्रदेशको समुन्नती,बिकास र समृद्धिका लागि अबको मेरो लडाई हुने छ ।

समृद्ध प्रदेशका लागि मानसिक रुपमा केहि खाका तयार भएको छ ?
हे, यहाँले भनेजस्तै पाँच नम्बर प्रदेशको समृद्धिका लागि, अँझ भनौ नेपालकै उत्कृष्ट प्रदेश निर्माणका लागि मैले आधारभुत कुराहरुबाटै आँफूलाई मानसिक रुपमा तयार पारेको छु । जस्तै सडक मेरो मुख्य प्राथमिकतामा छ । अहिले पनि हेर्नुस् यो प्रदेशका दाङ सहित थुप्रै जिल्लाहरुमा सडकबाटोको चरम सास्ती छ । घण्टौँ पैदल हिँडेर जीवन व्यथित गर्नुपरिरहेको अवस्था यहाँ छ ।

यसर्थ सडक सञ्जाल मेरो प्रमुख प्राथमिकतामा परेको छ । यसैगरि पानी मेरो दोस्रो प्रमुखताको बिषय हो । पिउने पानी होओस् या सिँचाईका लागि होओस् । हाम्रो प्रदेशमा पानीको समस्या बिकराल छ । यो समस्यालाई चिर्नु मेरो अर्को जिम्मेवारी रहने छ । यसैगरि स्वास्थय क्षेत्रको बिकास मेरो अर्को लक्ष हो । अहिले पनि दाङकै कुरा गर्नुहुन्छ भने भरपर्दो उपचार नपाएर बिरामीहरु बाहिर रेफर हुनुपर्ने अवस्था लामो समय देखि निम्तदै आएको छ । यो समस्यालाई हल गरेर नागरिकलाई भरपर्दो उपचार सेवा दिलाउनु मेरो अर्को लक्ष रहने छ ।

दाङमा अवरुद्ध बिमानस्थललाई नियमीत गर्नु मेरो अर्को लक्ष हो । यो बिमानस्थलबाट हवाई सेवा सन्चालन गरेर यहाँका नागरिकहरुलाई उडान सेवा दिलाउन मैले कुनै कसर बाँकी राख्ने छैन । यि लगाएत शिक्षा,रोजगार लगाएत नागरिकका दैनिक जीवनयापनसंग जोडिएका बिषयहरुलाई मैले एकदमै महत्वका साथ हेर्नेछु र काम गर्ने छु । र मलाई लाग्छ, समृद्ध प्रदेश निर्माणका लागि सबै भन्दा पहिला आधारभुत आवश्यक्ताको परिपूर्ति मुख्य कुरा हो र म त्यहिँबाटै आफ्नो मिशनलाई सुरुवात गर्ने छु ।

बामगठवन्धन हाबी भैरहेका बेला आँफूलाई कत्तिको चुनौती देख्नु भा छ ?

मेरो अगाडी चुनौतीको ठूलो पहाड छ । तर म त्यो चुनौतीको पहाडलाई फोडेर बाटो निर्माण गर्न सक्नु भन्ने दृढ विश्वासमा छु । किनकी म बिकासका लागि कहिल्यै कसैसंष्ग झुकेन ,सम्झौता गरेन । मेरो त्यहि अडान र साहसले आज मलाई प्रदेशसभा सदस्यको जिम्मेवारीमा मतदाताहरुले पुर्याउनु भएको हो । यसर्थ म चुनौती देखि डराउँदैन ।

चुनौतीलाई सामना गरेर बिकास गर्ने लक्षमा म जहिल्यै सफल हुने छु । म नाजायज काम गर्दैन । तर जायज काममा बहुमतका नाउमा कसैले अवरोध गर्न खोज्यो भने मैले त्यो अवरोधलाई छिचोल्न सहजै सक्छु । समग्रमा म यो प्रदेशको हितका निम्ती जतिसुकै चुनौती आईपरेपनि बिश्राम लिने छैन ।

दाङमा कांग्रेसबाट तपाईको एक्लो जीत कसरी सम्भव भयो ?
मतदाता प्रतिको विश्वास, उहाँहरु प्रति मैले गरेको योगदानको कदर अहिले भएको हो । म दाङको बिकास निर्माण होओस् वा दैवी विपत्तिमा सदैव यहाँका नागरिकहरुसंग संगै रहेँ । तपाईलाई भन्नु पर्दा सामान्य कुलो निर्माण,नाला निर्माणमा म उभिएँ । बाढीले नित्याएको विपत्तिमा म पीडितहरुसंगै उभिएँ र उहाँहरुलाई राहत दिलाउनका लागि रातदिन खटिएँ ।

यतिमात्रै हैन, अहिले मेरो पहलमा दर्जन बढि पुलहरु निर्माण भैरहेका छन्, यसर्थ पुन निर्माणमा पनि म उभिएँ । मेरो यो पहल, प्रयास र सकृयतालाइ यहाँका मतदाताहरुले प्रत्यक्ष देख्नु भयो । मेरो यो भुमिकाले उहाँहरुमा डिल्ली चौधरी बिकास प्रेमी नेता हो भन्ने भावनाको बिकास भयो । त्यहि बिकसीत सकारात्मक सोँचले आज मेरो जीत सम्भव भएको हो ।

यसर्थ मतदाताहरु बिकास चाहनुहुन्छ । हरेक निर्वाचनसंग मतदाताको अपेक्षा भनेको बिकासनै जोडिएको हुन्छ । मैले दाङका लागि गरेको बिकास निर्माणको प्रभावले मतदाताहरु म प्रति सकारात्मक हुनु भयो ।

सबै उम्मेदवार पछि परिरहँदा आँफूलाई पनि डर लागेन ?

म मतगणनना भैरहँदा कुनैबेला पनि विचलीत भएन । मैले चुनावी अभियानकै क्रममा धेरै फराकिलो मतान्तरको आँकलन गरेको थिएँ । बरु नतिजा आउँदा किन यति कम मत आयो भनेर मन खिन्न भयो । मलाई पुरा विश्वास थियो मेरो योगदानको मुल्यांकन मतदाताहरुले पक्कै गर्नेछन् र गर्छन् भन्ने । यसर्थ म जीतको मानसिकता बनाएर बसिसकेको थिएँ । अरु साथीहरुको मत परिणामले मेरो यो मानसिकतालाई कत्तिपनि विचलीत बनाएन ।

तपाईले आँफूलाई मुख्यमन्त्रीको दाबेदार भन्नु भएको थियो, अब सम्भव छ यो ?
हो, मैले चुनावी अभियानका क्रममा आँफूलाई मुख्यमन्त्रीको रुपमा उभ्याएको थिएँ । तर प्रदेशभरको चुनावी मत परिणामले कांग्रेसलाई निकै कमजोर तुल्याईदियो, बामगठवन्धन बलियो बनेर आईदियो । यसर्थ अब मेरो मुख्यमन्त्रीको एक्लो योजना बिफल भईदिएको छ ।

यसर्थ अब मेरो भुमिका भनेको प्रतिपक्षको नेतृत्वकर्ताको रहने छ । प्रदेशसभामा सशक्त प्रतिपक्षको नेतृत्व लिएर प्रदेश नम्बर पाँचको समृद्धिको अभियानमा खट्ने छु । सत्तापक्षियहरुले गर्ने सही र गलतको निगरानी गरेर सहिको समर्थन र गलतको बिरोध गरेर प्रदेशको हितका लागि मुख्य जिम्मेवार बन्ने छु ।

बिपक्षिहरुसंगको सहकार्य तपाई एक्लैलाई गाह्रो पर्ला त ?

निर्वाचन हार र जीतको प्रकृया हो । यसमा एकले जीत्दा अर्कोले हार्नै पर्छ । र निर्वाचनले दिने नतिजालाई सबैले स्वीकार्नै पर्छ । तर चुनावले दिने नतिजालाई लिएर आँफू भित्र बैमनश्य र उन्माद जन्माईनु हुन्न, म यो सोँच राख्छु । हिँजो हामी निर्वाचनको प्रकृयामा सहभागी भएका थियौँ । तर अब निर्वाचनको परिणामले कसैलाई ठूलो र कसैलाई सानो भनेर हेरिनु हुन्न । प्रदेशसभामा सहभागी हुने सबै सदस्यहरुको भुमिका र हैसियत अब सबैको एउटै हुन्छ ।

यसर्थ गठवन्धन वा ठूलो दलको रुपमा आँफूलाई महान र अर्कालाई सानो देख्ने गलत मानसिकता रहनु हुन्न । मेरो भुमिका पनि अब त्यहिनै हो,प्रदेशसभामा सहभागी हुने सबै सदस्यहरुलाई समान व्यवहार र सम्मान म बाट कहिँकतै कमी हुने छैन । सबैसंगको मित्रवत व्यवहार गरेर प्रदेशको हितका निम्ती अघि बढ्ने छु । र मलाई आशा छ सबैले यसै गर्नुहुने छ ।

अन्त्यमा के भन्नु हुन्छ ?
सबै भन्दा पहिला त मेरा मतदाताहरु प्रति आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । जसको अमुल्य मतले मलाई प्रदेशसभा सदस्यमा निर्वाचित गराईदिनु भयो । यसैगरि मेरो पार्टी नेतृत्व जसले मेरो चुनावी यात्रालाई सफल तुल्याईदियो ।

मेरा पार्टीका साथीहरु, शुभेच्छुक, समर्थकहरु प्रति निकै आभारी छु । र मैले के भन्छु भने म हिँजो पनि बिकास निर्माणको चिन्तनमा डुब्दै आएको र बिकासमा योगदान दिएको व्यक्ति हुँ । र प्रदेशसभा सदस्यमा निर्वाचित भएर मेरो त्यो भुमिकालाई अँझ सशक्त बनाउने जिम्मेवारी थपिएको छ । म यो जिम्मेवारीबाट विचलीत नभई प्रदेशको समग्र बिकासका लागि दत्तचित्त भएर लाग्ने प्रण गर्दछु ।

म हिँजो पनि सर्वसाधारण नागरिकसंग सुखमा हाओस् वा दुखमा संगै थिए, आज पनि संगै छु र यो सहयात्रा सदैव टिकाईरहने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*