घोराही, २६ साउन
दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागी यही साउन ३१ गते हुने निर्वाचनकालागी नेपाली कांग्रेस निकट प्रजातान्त्रीक उद्योगी संघको प्यानलले प्रचारप्रसार सुरु गरेको छ । संघले प्रचारप्रसार एवं आर्थिक समिति गठन गरेर प्रचार सुरु गरेको हो । प्रचारप्रसार समितिको अगुवाइमा प्रचार कार्यक्रम सुरु गरिएको हो ।
दाङ जिल्ला उद्योग वाणीज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठसँग आशीर्वाद लिएर चुनावी प्रचार सुरु गरिएको हो । आर्शीवाद दिदै श्रेष्ठले व्यवसायीहरुको हक अधिकारी, क्षमता विकासदेखी र समग्र दाङको विकासकालागि प्रजातान्त्रीक उद्योगी संघले महिलालाई अध्यक्षको उमेद्वार बनाएको धन्यवाद दिनुभयो ।
दाङ जिल्ला उद्योग वाणीज्य संघको ईतिहासमा पहिलो पटक अध्यक्षमा महिला उमेद्वार भएको भन्दै ईतिहास लेख्नकालागी पनि मञ्जु बज्राचार्यको नेतृत्वमा रहेको प्यानलले विजयी भएर काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रजातन्त्रीक प्यानलबाट अध्यक्षमा मञ्जु बज्राचार्यसहित उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणीज्य उपाध्यक्षमा टंकसिंह बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा उाद्योग सदस्य टंकप्रसाद पोख्रेल(कमल), महिला सदस्यमा विन्दु दाहाल, वाणीज्य सदस्यमा मिनराज भाट, सदस्यहरुमा भुवन पोख्रेल, छविनारायण गिरी, तेजबहादुर पौडेल(विश्व), धनपति शर्मा र राजकुमार गुप्ता रहनुभएको छ ।
थप तस्वीरहरूः