Home / समाचार / दाङमा अवैध लागुऔषधसहित दुई जना पक्राउ

दाङमा अवैध लागुऔषधसहित दुई जना पक्राउ

दाङ,१७ जेठ । दाङमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका—१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले घोराही १४ निवासी २४ वर्षिय पुजनराज कँवर र घोराही १५ निवासी २२ वर्षिय विष्णु बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ९३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*