Home / Feature Breaking news / सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

सात वर्षअघि बलात्कार गरिएको घटना : पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।

काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ । कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको छ, कानुनी रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल भइरहेको छ ।’

बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरेका थिए ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ । उनको पक्षमा युवाले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् । उनीहरुले बलात्कारको कसूरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् ।

शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*