Home / समाचार / मिल व्यवसायी समितिको अध्यक्षमा वली

मिल व्यवसायी समितिको अध्यक्षमा वली

घोराही,२ मंसिर । 

क्रियाशिल कुटानी पिसानी मिल व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलाले शशिधर वलीको अध्यक्षतामा सात सदस्यीय मिल व्यवसायी समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा किशोरकुमार न्यौपाने,सचिवमा शिवराज लम्साल,कोषाध्यक्षमा गिरिराज दाहाल रहेका छन । सदस्यहरुमा शोभाराम डिसी,बोधी पाण्डेय र नारायणप्रसाद पौडेल रहेका छन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको व्यवसायी संगठित बनाउदै लैजाने उद्देश्य अनुसार व्यवसायको प्रकृति अनुरुप समिति गठन गर्ने अभियानलाई तिव्रता दिएको उद्योग बाणिज्य संघले जनाएको छ ।
दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यसमिति सदस्य टंकप्रसाद पोख्र्रेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीहरुलाई सदस्य रामप्रसाद पोख्रेलले धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य कार्यसमिति सदस्य पिताम्वर शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*