Home / समाचार / गाउँमा कालोपत्रे, स्थायिन खुसी

गाउँमा कालोपत्रे, स्थायिन खुसी

घोराही, २० जेठ ।
घोराही उपमहानगरपालिकाको बिकट मानिले वडा नम्वर १८को दिपज्योति टोलमा बाटो कालो पत्रे भए पछि स्थानियहरु खुसी भएका छन । बजार क्षेत्रका अधिकासंघ सडकहरु कालोपत्रे भैसके पछि उपमहानगरले अहिले गाउँ क्षेत्रका बाटोहरु पनि कालोपत्रे गरिरहेको छ । सोही अनुरुप उपमहानगरको विकट गाउँ दिपज्योति टोलको करिव साढे तीन सय मिटर बाटो कालोपत्रे गरिएको छ । बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष मानबहादुर विश्वकर्माका अनुसार नगरपालिकाको २१ लाख २५ हजार र स्थानिय बासिन्दाको ३ लाख ७५ हजार लागतमा बाटो पक्की गरिएको हो । १८ नम्वर वडाको विकट गाउँ दिपज्योति टोलको उकालो बाटोमा बर्षायाममा पहिरो जाने, बलौटे माटो बगेर खाल्डाखुल्टी हुने समस्या स्थानियले झेल्दै आइरहेको थिए । सोही समस्याका कारण उक्तबाटोमा पटक पटक दुर्घटनाका घटना पनि हुने गर्दथ्यो । तर अहिले उपमहानगरले कालोपत्र गरे पछि स्थानियहरु उक्त समस्या मुक्त भएका छन । गाउँको बाटोलाई पनि पक्की बनाउन सहयोग गरेको भन्दै उपभोेक्ता समितीका अध्यक्ष विकले उपमहानरलाई धन्यावाद समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*