Home / Feature Breaking news / सुकुटीसहित दुई जना पक्राउ

सुकुटीसहित दुई जना पक्राउ

शिव राज खनाल
दाङ,६ भदौ । दाङको देउखुरीमा जङ्गली जनावरको सुकुटीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेका छन । उनीहरुको साथमा एक नाबालक बालिका समेत रहेकी छन ।

हिजो शनिवार बेलुका १२ किलो सुकुटी र्केही थान कुर्ता सुरुवालका कपडासहित उनीहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रवक्ता रिजालका अनुशार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।

सुकुटीसहित पक्राउ परेका हेमराज गिरी बाल बिसौनी प्राथमिक विद्यालय पटौली नाकाका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।

प्रहरीले नियन्त्रणमा लिएको सुकुटी जंगली जनावर हो या होइन भन्ने कुरा परिक्षण पछि मात्र पत्ता लाग्ने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*