Home / Feature Breaking news / दाङ महिला जेसीजको स्लो स्कुटी रेस प्रतियोगीता

दाङ महिला जेसीजको स्लो स्कुटी रेस प्रतियोगीता

घोराही, ९ असार । दाङ महिला जेसीजको जेसीज सप्ताह–२०२२ अन्तर्गत छैठौँ दिन घोराहीमा स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारको प्रमुख आतिथ्यतामा भरतपुर मैदानमा प्रतियोगिता भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरिक्षक परियारले सडक अनुशासन र सवारी साधन संचालन गर्दा अपनाउनु पर्ने धैर्यता जस्ता आधारभूत ज्ञान सिकाउन यस प्रकारका कार्यक्रमले भूमिका खेल्ने बताए । उनले सामाजिक उत्तरदायित्वसहितको कार्यक्रम अन्तर्गत महिला जेसीजले विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरेको भन्दै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले प्रतियोगिता जीत हारका लागि मात्रै नभई खेल अनुशासन र व्यक्तिको चरित्र निर्माणमा भूमिका खेल्ने हुँदा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

स्लो स्कुटी रेस प्रतियोगितामा अनिता ढकाल प्रथम भएकी छिन् । १५ जनाले सहभागीता जनाएको प्रतियोगितामा जेसीजकी कानूनी सल्लाहकार अनिता ढकालले सबैभन्दा ढिलो दुरी पार गर्दै प्रथम भएकी हुन । त्यसैगरी  दाङ महिला जेसीजकी शाखा सम्पादक  अर्चना शर्मा  द्वितीय हुुँदा नारायणपुर उद्योग वाणिज्य संघकी कोषाध्यक्ष रेखा केसी तृतीय हुन सफल भएकी हुन ।

कार्यक्रम संयोजक मेनका भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष लक्ष्मी घमालले गराएकी थिइन ।

त्यस अवसरमा दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष ममता बिष्ट, पूर्व अध्यक्ष रेखा शर्मा, त्रिभुवननगर जेसीजका अध्यक्ष विबेक आचार्य, निवर्तमान अध्यक्ष मुकेश्वर शर्मा, लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीलगायतको उपस्थिती रहेको थियो । जेसीज सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक बसन्ती सुवेदीले सप्ताहव्यापी कार्यक्रमका बारेमा जानकारी गराउँदै दाङ महिला जेसीजको काम र भूमिका बारेमा पनि प्रकाश पारेकी थिइन ।

कार्यक्रममा उपाध्यक्ष मिना भण्डारी वलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन । सप्ताहव्यापी कार्यक्रमको अन्तिम कार्यक्रम शनिबार बिहान ११ बजे घोराही–१८ स्थित अम्बिकेश्वरी मन्दिर गर्ने कार्यक्रम रहेको दाङ महिला जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*