Home / Feature Breaking news / दाङमा लकडाउन असार २२ गतेसम्म लम्बियो, सार्वजनिक यातायात पनि खुल्ने

दाङमा लकडाउन असार २२ गतेसम्म लम्बियो, सार्वजनिक यातायात पनि खुल्ने

दाङ,१५ असार । दाङमा भोलिदेखि सवारी साधन चल्ने भएका छन् । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले जिल्लामा सार्वजनिक सवारी साधनहरु संचालन गर्ने निर्णय गरेको हो ।

जारी लकडाउनलाई एकहप्ता लम्ब्याउँदै सुरक्षा मापदण्ड अपनाएर सवारी साधन संचालन गर्ने निर्णय भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिएका छन् ।

दाङमा बजार भने अब बिहानदेखि साँझ ६ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ भने तेस्रो भेरियन्टका लागि पूर्वतयारी गर्ने निर्णय भएको छ । दाङमा बैशाखाको १७ गतेदेखि लकडाउन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*