Home / Feature Breaking news / दश बर्ष सजाय तोकिएका फरार प्रतिवादीसहित दुई पक्राउ

दश बर्ष सजाय तोकिएका फरार प्रतिवादीसहित दुई पक्राउ

दाङ,१६ असार । दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार एक जना अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ । २०७३ साल असार २८ गते सर्बेच्च अदालतको आदेशबाट कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुर निवासी ३८ बर्षीय राजेन्द्र चौधरीलाईलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

फरार प्रतिवादीलाई प्रहरी टोलीले खोजतलासका क्रममा मंगलवार दिउसो घोराही उपमहानगरपालिका–३ लक्ष्मीपुरमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ परेका चौधरीलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको उनले बताए ।

त्यसैगरी प्रहरीले बहुविवाह मुद्धाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ कुईरेपाली निवासी ३० बर्षीय विक्रम खडकालाई पक्राउ गरेको छ । पुनरावेदन अदालत तुलसीपुरबाट २०७० जेठ ८ गते बहुविवाह मुद्दामा १ बर्ष ४ महिना कैद सजाय तोकीएका खड्का फरार रहेका थिए ।

फरार अवस्थामा रहेका खड्कालाई खोजतलासका क्रममा मंगलवार प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१७ चौघेरास्थीत ससुरालीमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिएका छन् । पक्राउ परेका खड्कालाई पनि प्रहरीले कारवार्हीका लागि बुधवार नै जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*