Home / Feature Breaking news / ओझेलमा छरछरा झरना

ओझेलमा छरछरा झरना

अमरराज आचार्य
दाङ, १६ कार्तिक । बंगलाचुली गाउँपालिका वडा नं २ स्थित स्याला छरछरे झरना ओझेलमा परेको छ । बत्तिमुनी अध्यारो भने झै झरना ओझेलमा परेको हो । उक्त क्षेत्र जिल्लाको सदरमुकाम घोराहीबाट करिव ४ किलो मिटरमा रहेको छ । झरनासम्म पुग्नका लागि सहज रुपमा पुग्नका लागि सहज सडक नहुदा पर्यटकीय संम्भावना बोकेको क्षेत्र नै ओझेलमा पर्ने गरेको हो ।

यस क्षेत्रको विकासका लागि स्थानीयले पटक पटक पहल थाले पनि राज्यले सहयोग नगर्दा पहलले सार्थकता पाउन सकेको छैन । यो झरनाको विकासका लागि नत्र साविक गाउँपालिका हुदा गाउँपालिकाले पहल नै थालनी गरेको थियो । अहिले गाउँपालिकाले नै यसको विकासको लागि गाउँपालिकाले नै पहल थालेको छ । जसले गर्दा यसको विकास हुन सकेको छैन । विकास गरेमा पर्यटकीय क्षेत्र रुपमा विकास हुने स्थानिय वासीन्दाहरुले जनाएका छन् । यो स्थानमा बाह्रै महिना नै यसरी झरना वग्ने गरेको स्थानीय केशरवहादुर पुनले बताए ।

‘मैलेदेखि नै यसरी निरन्तर झरना वग्दै आएको छ ’ पुनले भने । पुन विगत ६२ वर्षदेखि नै उक्त क्षेत्रमा वस्दै आएको बताए । झरनामा विद्यार्थीहरु पिकनीक खानको लागि आउने गरेको बताए । ‘यहा विशेष गरी विद्यार्थीहरु पिकनीक खानको लागि आउने गरेका छन’ पुनले भने । पानीको सहजता र जङगल क्षेत्र भएकाले दाउराको सहजता भएकाले पिकनीक खानेहरुको सङख्या उल्लेखनीय छ । त्यसैगरेर जिल्लाका विभिन्न क्षेत्रका मानिसहरु समेत आउने गरेको उनको भनाइ छ । जिल्ला वाहिरका पर्यटक भने खासै नआउने गरेको छ ।

यसलाई विकास गरेमा पर्यटकीय क्षेत्रको रुपमा अगाडि वढाउन सकिने स्थानीय मैते पुनले बताए । ‘घोराही वजारको नजिकै रहेको यस क्षेत्र लाई पर्यटकीय क्षेत्रको रुपमा नै विकास गर्ने सकिने छ ’ मैतेले भने ‘ तर सम्वन्धीत निकायले चासो नदिदा ओझेलमा परेको छ ।’ यसको विकासका लागि आफुहरुले पटक पटक पहल गरेपनि हालसम्म पनि विकास हुन नसकेको बताए । झरनासंगै यस क्षेत्रको पर्यटन गर्ने आवश्यक रहेको बताए । ‘पर्यटकीय क्षेत्रको रुपमा विकास भएपछि यस क्षेत्रको अन्य विकासमा सहयोग मिल्ने छ’ मैतेले भने ।

झरनाको विकासको लागि वंगलाचुली गाउँपालिकाबाट पहल थाल्ने वंगलाचुली गाउँपालिका वडा नं २ का वडा सदस्य चुके सुनारले बताए । ‘मैले झरनाको विकासका लागि गाउँपालिका वाट पहल थाल्ने छु’ सुनारले भने । गाउँपालिकाबाट नभै अन्य क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको बताए । ओझेलमा रहेको यस क्षेत्रको विकास गर्नु जरुरी रहेको समेत उनले बताए । ‘यस क्षेत्रको विकास गर्ने सकेमा राम्रो पर्यटकीय क्षेत्रको रुपमा विकास हुने छ’ सुनारले भने । पर्यटन विकास भएमा यस क्षेत्रको अन्य विकासमा समेत सहयोग मिल्ने उनको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*