दाङ, १५ कार्तिक
नेपाली कांग्रेस दाङले शुक्रवार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेको छ ।
दशैँ, तिहार तथा छठको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यो कार्यक्रम हुन लागेको जनाईएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थितीका लागि कांग्रेसका केन्द्रीय सदस्य, संघीय तथा प्रदेशसभा सदस्य, जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय, नगर, गाँउ, वडा तथा टोल कार्य समिति, जनप्रतिनिधि, भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रतिनिधि लगायत कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।
यसैगरि कांग्रेसले बुद्धिजिवी, ब्यापारि, प्राध्यापक, कानुन व्यवसायि, शिक्षक, समाजसेवी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा समेत गरेको छ ।
जिल्ला सभापति किर्तिवहादुर खड्काले विहीवार एक विज्ञप्ती निकालेर शुक्रवार दिउँसो १ बजे घोराही स्थित जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गर्नुभएको हो ।
साथै उहाँले अन्य राजनितिक दल, जिल्ला प्रमुखहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनीधी ज्यूहरुलाई पनि कार्यक्रममा आमन्त्रा गरिएको जानकारी दिनुभयो ।
RaptiSandesh RaptiSandesh