Home / मनोरञ्जन / गायीका शान्ती सुनारको तीज गीत–‘जापानको शहर’

गायीका शान्ती सुनारको तीज गीत–‘जापानको शहर’

लोकप्रीय गायीका शान्ती सुनारको यसवर्षको तीज गीत बजारमा आएको छ । सुनारको तीजगीत ‘यसपालीको तीजमा जापानको शहर’ बजारमा ल्याएकी छिन् । लोकदोहारी क्षेत्रमा आफूलाई अब्बल गायीकाको रुपमा स्थापीत गरेकी शान्तीले जापानको शहर गीत रोजाईको गीत बनेको छ ।

20471948_869186233238022_206959116_n
यसपालीको तीजमा जापानकोे शहरमा गीत गाउने नाच्ने विषयलाई गीतमा समेटिएको छ । तीजमा ब्रत बस्नेदेखी नाच्ने गाउने साह्रै रमाईलो भएको भन्दै गीत मार्फत जापानमा रहेका नेपालीहरुलाई नचाउने आफ्नो लक्ष्य रहेको शान्तीले गीतमा भाव व्यक्त गरेकी छिन् । अघिल्ला वर्ष विभिन्न देशहरुमा तीज पर्व मनाएको भन्दै यसवर्ष जापानको शहरमा तीज बनाउने ईच्छा गीतमा व्यक्त गरिएको छ ।

19894690_856117464544899_1050181868403675894_n
दिनेश गुरुङ र स्मृति मोक्तानको परिकल्पनामा तयार पारिएको यो गीतमा शान्ती सुनार र खुमन अधिकारीको स्वर रहेको छ । खुमन अधिकारीको लय रहेको यो गीतलाई तीर्सना म्यूजिक प्रालीले बजार व्यवस्थापन गरेको हो । गीतमा रश्मी तामाङ र केशव भट्टराईको अभिनय रहेको छ । करण चैसिरको छायांकन, विष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन रहेको गीतको दृष्य निर्माण साई भिजन प्रा.लीले गरेको हो ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*