काठमाडौं,२५ पुस । गायक प्रेमप्रकाश वली र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘हुरी चलायो’ सार्वजनिक भएको छ। गीतमा नेत्र भुजेल नयनको शब्द, प्रेम प्रकाशको संगीत र विपिन आचार्यको संगीत संयोजन रहेको छ।
इनाक्क्षी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। गीतको भिडियोमा काजिश श्रेष्ठ, निता ढुङ्गाना,यासु भट्टराई, नेत्र भुजेल नयन, विमल, जनकराज, किशोर, अनुपको नृत्य रहेको छ। काजिश श्रेष्ठको निर्देशन, अर्जुन तिवारीको छायांकन, दिपक विष्टको सम्पादन रहेको छ।
RaptiSandesh RaptiSandesh