दाङ, ४ मंसीर
मंसीर १४ गते हुने उपनिर्वाचनमा दाङमा पनि दुई ठाँउमा निर्वाचन हुदैछ । जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ३ (ख) र घाेराही उपमहानगरपालिका १६ मा निर्वाचन हुदैछ ।
प्रदेश सभा सदस्य र वडा अध्यक्षकालागी हुने निर्वाचनमा उमेद्वारहरू चुनावी प्रचारमा रहेका छन् । राजनितिक दलहरू पनि निर्वाचनमा अाफ्नाे उमेद्वारलाई कसरी विजयी बनाउने भनेर लागिपरेका छन् ।
नेपाली काग्रेसले पुराना नेता केशवराज अाचार्यलाई र नेकपाले स्वर्गीय उत्तरकुमार वली(प्रदेश सभा सदस्य) काे श्रीमतिलाई उमेद्वार बनाएकाे छ ।
नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले एक चुनावी सभामा नेकपाले विमला वलीकाे अाशुलाई चुनावी एजेण्डा बनाउन सक्छ भनेर भाषण गरेका थिए । याे विषय अहिले चर्चाकाे विषय बनेकाे छ ।
यसै विषयमा युवा नेता किशाेरचन्द्र गाैतमले सभ्य भाषामा व्याख्या गर्दै फेसबुकमा स्ट्याटस् लेखेका छन् । नेपाली काग्रेस घाेराही नगरमा निवर्तमान सभापति रहेका गाैतमले यश विषयलाई यसरी(जस्ताकाे त्यस्तै) व्याख्या गरेका छन्:
#शंकर डाँगी विरुद्ध नेकपा(कार्यकर्ताहरूको)राजनीतिक स्टन्ट
शंकर डांगी ले के भने र महिला विरुद्धमा त्यस्तो ? उनले त नेकपाको आलोचना गरेका छन्-संवेदना को राजनीति गरेकोमा,उनले आशंका गरेका छन्- नेकपा ले विमला जिलाई सेतो पहिरनमा उभ्याउनेछ (किनकि विमलाजि प्रचारको पहिलो चरणमा अर्कै पहिरनमा हुनुहुन्थ्यो)नभन्दै उहाँको आरोप सत्य भयो।
शंकरजीको भनाइमा नेकपाले आफ्नो कामका आधारमा भोट नमागेर महिला संवेदनशीलता अझ विशेष गरेर व्यक्तिगत पीडा लाई भजाएर राजनीति गर्दैछ भन्ने उहाँको नेकपा माथिको आरोप कसरी महिलाको अपमान हुन्छ।
हाम्रा हरेक छोरी बहिनीको वैधव्यको पीडा असह्य छ । तर कुनै राजनीतिक दलले प्रायोजित रूपमा त्यो व्यक्तिगत पीडा लाई राजनीतिक हथियार बनाउन खोज्यो भने।त्यसको प्रतिकार त हुन्छ नि चुनावी मैदानमा ।
एकपटक फेरि सुनौ त्यो भाषण ,शंकरजीको आक्रोश कतै पनि विमलाजी प्रति छैन।नेकपा प्रति छ।
मिडिया र फेसबुकमा जसरी प्रायोजित हल्ला मचाइदैछ।यो पूर्ण रूपले राजनीतिक स्टन्ट मात्र हो।
बरु शंकरजीको त्यही भाषणमा नेकपालाई मतदान गर्ने हरूप्रति व्यक्त आक्रोश चाहिँ सभ्य र राजनीतिक मान्न सकिँदैन।
तर विमलाजी प्रति कुनै अपमान छैन।ठूलो हल्ला गरेर सत्य लुक्दैन।

RaptiSandesh RaptiSandesh