Home / Feature Breaking news / एन.आई.सी एसिया बैंकद्वारा १० लाख बिमा रकम हस्तान्तरण

एन.आई.सी एसिया बैंकद्वारा १० लाख बिमा रकम हस्तान्तरण

घोराही, ८ चैत

एन.आई.सी एसिया बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएको मृतकको परिवारलाई दुर्घटना बिमा रकमबापत १० लाख उपलब्ध गराएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले दुर्घटनामा मृत्यु भएका घोराही १३ का मन्कु चौधरीको परिवारलाई १० लाख रुपैयाको चेक शुक्रवार प्रदान गरेको हो ।

बैंकको घोराही शाखा कार्यालयमा सर्वश्रेष्ठ तलब बचत खाता खोल्नु भएका मृतक चौधरीको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उहाँको श्रीमतिलाई लुम्बिनी प्रदेश क्षेत्र न. ५ का प्रमुख मनोहर ठगुराठीले १० लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गर्नुभएको थियो । चौधरीको परिवारलाई दुर्घटना बीमा वापतको रकम उपलब्ध गराएको हो ।

बैंकले लागु गरेको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत मृतक चौधरीको खातामा उपलब्ध उक्त लाभ नेपाल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको घोराही शाखाका म्यानेजर प्रविण आचार्यले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ज्यान गुमाएका चौधरी  Smarten Technologies Pvt.Ltd. मा कार्यरत थिए । उनको घोराही १३ सेवारमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*