Home / Feature Breaking news / स्वतन्त्र सञ्चार विना लोकतन्त्र बाँच्दैनः मुख्य न्यायाधिश सुवेदी

स्वतन्त्र सञ्चार विना लोकतन्त्र बाँच्दैनः मुख्य न्यायाधिश सुवेदी

तुलसीपुर, १३ चैत
तुलसीपुरको वीपी चोकवाट सञ्चालन हुँदै आएको रेडियो सञ्जिवनी मंगलवारदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७२ साल चैत १३ गतेदेखि रेडियो सञ्जिवनीले आफ्नो

नियमित प्रसारण सेवा शुरु गरेको थियो । रेडियो तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदीले सञ्चार माध्यमले सत्य तथ्य समाचार सम्प्रेसन गरेर समाजलाई सूसुचित गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननिय मुख्य न्यायाधिस सुवेदीले ‘न्यूजनमा भ्यूउज’ हुन नहुने बताए ।

‘ ‘न्यूजमा भ्यूउज हैन, आग्रह पूर्वाग्रह हैन, जे तथ्य हो, जे सत्य हो त्यही बाहिर ल्याउन पत्रकार लाग्नुपर्छ।’ सुवेदीले भने । लोकतन्त्रको प्राणवायु स्वतन्त्र सञ्चार रहेको बताएका मुख्य न्यायाधिस सुवेदीले लोकतन्त्रको सुद्रढीकरणमा मिडिया अति चनाखो बन्नुपर्ने बताए । मिडिया र अदालतले कार्यसम्पादन गर्ने शैली लगभग समान रहेको उनको तर्क थियो । अदालतले कार्यसम्पादनमा त्रुटी गर्दा जसरी व्यक्तिलाई अन्याय हुनजान्छ मिडियाले छिटो दिने नाममा हतार पूर्वक तत्थ्यहिन दिदा झनै ठूलो अन्याय हुन जाने उनले बताए ।

अदालतको गल्ती सच्याउन सकिने खालको भएपनि मिडियाले गरेको गल्ती सच्याउन नमिल्ने हुँदा तथ्य सत्य समाचार मात्रै प्रकासित गर्न उनको आग्रह थियो । उलने धर्म, संस्कृति, विकास निर्माण तथा अन्याएका विरुद्ध मिडियाको सहि समाचारले रक्त सञ्चारको भूमिका खेल्ने बताए । ‘अझैंपनि आम नागरिकमा अदालत जानु नपरे हुन्थ्यो भन्ने मान्यता रहेको तथा अदालत जनताको पहुँच भन्दा बाहिर छ भन्ने बुझाई चिर्ण मिडियाले आवश्यक भूमिका खेल्न आवश्यक छ ।’ मुख्य न्यायाधिस सुवेदीले भने । उनले अदालतको सेवालाई सहज र सरल बनाउन ४० प्रकारका निवेदन निशुल्क उपलब्ध गराउँदै आएको बताए ।

त्यस्तै सम्वृद्धिका लागि प्रभावकारी न्याय प्रणाली आवश्यक पर्ने बताएका उनले पूर्वी रुकुमवाट दाङ र दार्चुलावाट काठमान्डौं न्यायका लागि जानुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने बताए । त्यसैका लागि देशभर न्यायिक समिति गठन भएको बताएका उनले तर यो समितिलाई निष्पक्ष रुपमा कसरी कार्य सम्पादन गर्ने भन्ने चुनौति भने कायमै रहेको उनले बताए । राजनीतिक पृष्ठिभूमिवाट आएका व्यक्तिहरु न्यायिक समितिमा रहेको हुँदा त्यसलाई निष्पक्ष रुपमा कार्य सम्पादन गर्न आवश्यक रहेको उनको धारणा थियो ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै माननिय न्यायाधिस गोकर्ण डाँगीले हिजोको भन्दा आजधेरै परिवर्तन भएको हुँदा संघीय संरचना अनुसार स्थानीय तहदेखि प्रदेशले आफ्नै कानुन बनाउँदै गरेको हुँदा अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने समय आएको बताए । ‘ हामी आज कैयौं कानुन बनाउने प्रयासमा छौं र त्यसले सर्वसाधरण जनता अन्यौंलमा परेका छन् , त्यो अन्यौंलता हटाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’ न्यायाधिस डाँगीले भने । मुलुकी ऐनको कार्यान्वयन पछि २०७५ भदौदेखि न्याय प्रणालीमा आमुल परिवर्तन आउने उनको धारणा थियो ।

त्यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मर्यादित पत्रकारिता आजको आवश्यक्ता रहेको बताए । छिटो दिने नाममा सत्य तथ्य नबुझि हतारमा गलत सूचना सम्प्रेशन भएमा त्यसले समाजमा पुग्ने क्षति अतुलनिय हुने भन्दै सञ्चारकर्मी गहन विश्लेसन तथा अध्यनपछि मात्रै समाचार लखेमा सफल हुने उनले बताए ।

‘असत्य समाचारले समाजलाई भ्रमित गर्छ, त्यसैले एउटा जिम्मेवार पत्रकारले कहिलै तथ्य नबुझि समाचार लेख्नु हुँदैन।’ प्रजिअ श्रेष्ठले भने । उनले पनि मिडिया शसक्त भएमा मात्रै सुशासन र लोकतन्त्रको जग मजवुत बन्ने बताए । तुलसीपुर उपमहानगरपालिकाकी कार्यबहाक प्रमुख माया आचार्यले सञ्चार जगतले सहि कुरा उजागर गरेर समाजलाई सुशुचित गर्न कहिलै छोड्न नहुने बताइन ।

संघीय प्रहरी ईकाइ तुलसीपुरका प्रमुख दिलिप चौधरीले समाज रुपान्तरणमा मिडियाको भूमिका अति नै महत्वपूर्ण हुने भन्दै सत्य सूचना लेख्न कसैसंग नडराउन आग्रह गरे । उनले केही दिन पहिले मात्रै यातायात क्षेत्रको विकृतिका बारेमा समाचार पढ्न पाएको भन्दै त्यो सुधार्न आग्रह गरे । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका खोजिमुलक सामाग्रीमा पत्रकारले जोड दिनुपर्ने बताए ।

रेडियो सञ्जिवनीका कार्यबहाक अध्यक्ष कुशल तर्तालको अध्यक्षतामा भएको बार्षिक उत्सवको कार्यक्रमलाई सामुदायिक रेडियो प्रशारक संघ एको¥यावका केन्द्रीय सदस्य शुक्रराज भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्री, संघका सल्लाहाकार विमल रिजाल, कान्तिपुर दैनिकका पत्रकार दुर्गालाल केसी, एमनेष्टि इन्टरन्यासनलका प्रमोद न्यौपाने, दलित अधिकारकर्मी निर्मल नेपाली, नेपाल प्रेस न्यूनियनकी केन्द्रीय सदस्य सुलोचना पोखरेल, महिला अधिकारकर्मी सुष्मा गिरी, प्रेस चौतारी नेपालका प्रदेश नं. ५ का सचिव संगीत वस्याल, राससी राप्ती अञ्चल प्रमुख नारायणी रजौरे लगाएतले रेडियो सञ्जिवनी र त्यसमा कार्यरत पत्रकारहरुलाई थप मेहनत गर्न आग्रह गर्र्दै शुभकामना व्यक्त गरेका थिए ।

बार्षिक उत्सवको अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै अतिथि सम्पादक नारायण खड्का र धुर्वराज न्यौपानेलाई कदर पत्रसहित नगद रकमले सम्मान गरिएको थियो । त्यसअवसरमा विभिन्न डा. किशोर खत्री र विज्ञापन दातालाई पनि सम्मान गरिएको थियो ।
रेडियो सञ्जिवनीका स्टेसन म्यानेजर शरद रेग्मीले विषय प्रवेश गराएको उक्त कार्यक्रमको सहजीकरण समाचार सम्पादक विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*