घोराही, १३ चैत
पूर्व गृहन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घोराहीको गणेश मन्दिरमा सामुहीक प्राथना गरिएको छ । नेपाली कांग्रेस दाङको आयोजनामा मंगलवार घोराहीको गणेश मन्दिरमा सामुहीक प्राथनासहित पूजापाठ गरिएको हो ।
पूजापाठ एवं सामुहीक प्राथना कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता एवं खड्काका शुभचिन्तकहरुका उपस्थिति रहेको थियो । कांग्रेस जिल्ला उपसभापति कमानसिंह भारतिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
त्यस अवसरमा दिप प्रज्वलन पनि गरिएको थियो । दिल्लीको एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यसअघि दाङको अम्वीकेश्वरी, प्यूठानको स्वर्गद्धारी, सल्यानको खैरावाङ लगायत राप्तीका विभिन्न स्थानमा पूजापाठ, रुद्रीपाठ, ग्रहशान्ति चण्डीपाठ गरिएको थियो ।