Home / विशेष / सुजुकीको न्यु डिजायर कारको लन्च (यस्तो छ विशेषता)

सुजुकीको न्यु डिजायर कारको लन्च (यस्तो छ विशेषता)

दाङ, ११ भदौ
सुजुकीको न्यु डिजायरको नया संरकरणको कार दाङमा लन्च गरीएको छ । आइतवार स्वर्गद्धारी अटो डिस्टीव्युटर घोराहीले औपचारिक कार्यक्रमको आयोजना गरी लन्च गरीएको हो ।

Car

कारको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी) र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले संयुक्त रुपमा लन्च गर्नुभएको थियो । नयाँ मोडलको कार भएकाले अत्याधुनिक सुविधा सम्पन्न रहेको स्वर्गद्धारी अटो डिस्टीव्युटरका प्रोपाइटर सङकल्प श्रेष्ठले जानकारी दिनुभयो ।

कार ३० लाख ८९ हजार, ३४ लाख ३९ हजार र ३७ लाख ३९ हजार सम्मको कारको मुल्य रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार लन्ज गरीएको कारमा एर व्यागको सुविधा रहेको छ । त्यसै गरेर १ लिटरले २२ किलो मिटर चलाउन सकिने लगाएतका सुविधा रहेको श्रेष्ठको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*