Home / समाचार / ईन्सेकद्धारा एकवर्षे कार्यक्रमबारे जानकारी

ईन्सेकद्धारा एकवर्षे कार्यक्रमबारे जानकारी

दाङ, ११ भदौ
इन्सेकले दाङमा एकवर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएको छ । आर्थिक वर्ष २०७४÷७५ मा गर्ने कार्यक्रमको वारे सरोकारवालाहरुलाई आज आईतवार घोराहीमा परियोजना सल्लाहाकार समितीसंँगको वैठकमा जानकारी गराएको हो ।

कार्यक्रममा इन्सेकका शालिकराम मुसाफीरले जिल्लामा साविका २ गाविस हाल ४ वडा वडामा गत वर्ष देखि सुरु भएको स्थानिय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जवाफ देहि बनाउने कार्यक्रम गत वर्ष देखि सुरु भएको जानकारी दिनुभयो ।

घोराही उप महानगरपालिकाको वडा नम्वर ३, ४, ६ र ७ मा यसप्रकारको कार्यक्रम सञ्चालनमा रहेको छ । उहाँले कार्यक्रम अन्र्तगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमका बारेमा सम्वन्धीत स्थानिय तहका प्रमुख, वडा प्रमुख, लगाएतका सम्वन्धीत सरोकावालाहरु लाई जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जिल्लामा मासुको व्यापार व्यवस्थित हुन नसकेको बताउनुभयो । त्यसलाई व्यवस्थापन गरीनु पर्ने आवश्यकता रहेको पनि उहाँको भनाई छ ।

घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले विषादी रोक्नकालागि नागरीकलाई सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले नागरीकलाई सचेत नबनाउदासम्म विषादी रोक्न नसकिने बताउनुभयो । जिल्लामा विषादी परिक्षणको प्रविधि नहुँदा समस्या भएको चौधरीको भनाई छ ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उप–जिल्ला शिक्षा अधिकारी दण्डपानी घिमिरे, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत भरत पोख्रेल, जिल्ला पशु सेवा कार्यालयका सुवास आचार्य लगाएतकाले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि जे।एन।सागरले गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*