Home / Feature Breaking news / गुर्जेखोलामा विजोग, दिनभर यात्रुहरु अलपत्र

गुर्जेखोलामा विजोग, दिनभर यात्रुहरु अलपत्र

दाङ, ११ भदौ
दाङको लमही–घोराही–तुलसीपुर सडकखण्डमा रहेको खोलाहरुमा वर्षाको समयमा बाढि आउदा हरेक वर्ष यात्रुहरुले सास्ती भोग्नु पर्छ । यो सडकखण्डमा रहेका ९ वटा खोलाहरुमा पुल नहुदाँ वर्षाको समयमा आउने बाढिले गर्दा सवारी साधन चल्न सक्दैनन् ।

यो सडकखण्डमा हिड्ने सवारी साधन एवं यात्रुहरु कतिबेला कुन खोलामा रोकीने हुन् भन्ने कुनै निश्चीत हुदैन । यी खोलाहरुसध्य केही खोलामा पुल निर्माणको काम भईरहेको छ । जहाँ कालोपत्रे भत्काईएको छ । जसले गर्दा सानो पानी पर्दा पनि आउने बाढिले सवारी साधन रोक्छन् ।

तीजको अघिल्लो दिन घोराही–तुलसीपुर सडकखण्डको संग्राम खोलामा आएको बाढिले करिब १२ घण्टा सवारी साधन रोकीए । खुलादेखी साना सवारी साधनहरु यो दिन रोकीएका थिए । दर खाने दिन माईत जान हिडेका महिलाहरु राति करिब १२ बजेसम्म खोलाको वरिपरी अलपत्र अवश्थामा थिए । राति खोलामा पानीको मात्रा कम भएपछि सवारी साधन सुचारु भएका थिए ।

Gurje

आज आईतवार सोही सडकखण्डको गुर्जे खोलामा विजोग बनेको छ । यस खोलामा बाढि आउदा दिउसो करिब १ बजेदेखी सवारी साधनहरु वारको वार पारको पार बनेका छन् । घोराही तुलसीपुर सडकखण्ड बन्द भएको छ । तुलसीपुर जान हिडेका यात्रु सुमन केसीले आँफू दिउसो १ बजेदेखी ५ बजेसम्म पनि सवारी साधन खोला पार गर्न नसकेपछि घोराही फर्किएको बताउनभुयो ।

उहाँले सयौ यात्रु सो स्थानमा अलपत्र अवश्थामा रहेको जानकारी दिनुभयो । खोलामा यात्रुहरुको मेला नै लागेको छ । खोलाको पश्चीमतर्फ नारायणपुरसम्म र पूर्वमा सर्रासम्म सवारी साधनको लाम लागेको छ ।

adad

सुरुमा बढिले सवारी साधन रोकेको र बाढिको मात्रा कम हुने समयमा मालिका कालिका यातायात प्रालिको एक बस बिचमै विग्रीएपछि बाटो अवरुद्ध भएको प्रहरीले बताएको छ ।

बेलुकी करिब ६ बजे विग्रीएको बसलाई स्काभेटरले बाटोबाट पन्छाएपछि ठुला सवारी साधन चल्न सुरु गरेको अस्थाई ट्राफिक पोष्ट नारायणपुरका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्र बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*