दाङ, २६ असोज
दाङ प्रहरीले शान्तिनगरबाट ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
गयराति शान्तीनगर गाँउपालीका वडा नं २ मा रहेको एक घरमा अवैध रुपमा जुवा कौडा खेल भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट पुगेको विशेष प्रहरी टोलीले उनीहरुलाई नगद ४१ हजार २ सय ७० रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा शान्तीनगर गाँउपालीका वडा नं ५ धनौरीका ३३ वर्षीय गोविन्द वस्नेत, सोही ठाँउका २८ वर्षका राम चौधरी, २९ वर्षका हर्क वहादुर विष्ट, विष्णुपुरका २३ वर्षका डील्ली वहादुर वली, वर्ष ५० का विर वहादुर विष्ट, वर्ष ३४ का भिम वहादुर खड्का, वर्ष ३४ का कर्ण वहादुर परीयार, ५५ वर्षका रत्न वहादुर विष्ट र वर्ष ३९ को फर्साराम डागि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ।
RaptiSandesh RaptiSandesh