दाङ, २३ असार । घोराही ग्रिल तथा स्टील व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाइ उपचारको लागि सहयोग गरेको छ ।
संघले सोमवार एक कार्यक्रमको ५१ हजार ५५ रुपैया सहयोग गरेको हो । उपचारमा सानो भए पनि सहयोग मिलोस भनेर सहयोग गरिएको संघले जनाएको छ । सहयोग रकम विष्टले कार्य गदै आएका ग्रिल उद्योगका सञ्चालक रविन केसीलाई हस्तान्त्रण गरिएको हो । व्यवसायीहरुले रकम उठाएर सहयोग गरेका हुन । बिष्ट घोराहीमा गेट निर्माणको क्रममा विद्युतको तारमा लागेर घाइते भएका थिए ।
उनको हाल काठमाडौमा उपचार भइ रहेको रविन केसीले जानकारी दिए । उनले उपचारमा सहयोग गर्ने सवैमा आग्रह गरेका छन् । सहयोग हस्तान्त्रण कार्यक्रम संघका अध्यक्ष भरत सुनारको अध्यक्षता एवम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा संघका सल्लाहाकार मानवहादुर विक, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिह वुढाथोकी, कोषाध्यक्ष शुसिल पोख्रेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण ग्रिल तथा स्टील व्यवसायि संघका सचिव कमल विश्वकर्माले गरेका थिए ।