Home / Feature Breaking news / पद्मोदय क्याम्पसमा सचेतना कार्यक्रम

पद्मोदय क्याम्पसमा सचेतना कार्यक्रम

घोराही, २० असार
अपराध मुक्त समाज निर्माणको लागि युवा सचेतना कार्यक्रम घोराही १७ मा रहेको पद्मोदय क्याम्पसमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर वलीले युवाहरुलाई सचेतनामूलक प्रस्तुति राख्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई आत्महत्या, लागु औषध दुव्र्यसन, जबरजस्ती करणी, साईवर अपराध, बाल बिवाह, बहु बिवाह, जातिय छुवाछूत, यौन दुव्र्यवहार लगायत अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको थियो । वलीले समाज रुपान्तरणकालागी युवा शक्ती सचेत र क्रियाशील रहनुपर्ने भन्दै उहाँले समाजमा हुने अपराध नियन्त्रणकालागी लागीपर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख किरण पौडेलको विशिष्ठ आतिथ्यताको भएको कार्यक्रममा विद्यालयका ७० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*