Home / Feature Breaking news / प्रेस चौतारी दाङको अध्यक्षमा जे.एन.सागर

प्रेस चौतारी दाङको अध्यक्षमा जे.एन.सागर

घोराही, ३ वैशाख
पत्रकार जे.एन. सागर प्रेस चौतारी दाङको अध्यक्षमा सर्वसहमतीमा चयन हुनुभएको छ । चौतारीको आठाँै अधिवेशनले पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा ईन्द्र डि सी, सचिवमा प्रेमबहादुर राम्जा, कोषाध्यक्षमा दशरथ घिमिरे, सहसचिवमा सुघासुमन ढकाललाई चयन गरेको छ । अध्यक्ष मन्डलका अध्यक्ष सविन प्रयासनले सर्वसहमतिमा नेतृत्व चयनमा सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

१५ वर्ष देखि पत्रकारीतामा क्रियाशील जे.एन सागर दंगीशरण गार्यपालिकाको गोल्टाकुरी निवासी हुनुहुन्छ । हाल घोराहीमा बसेर पत्रकारीता गर्दे आउनुभएको छ ।

पत्रकारितामा क्रियशील एवं सालिन स्वभावका उनले अध्यक्ष भएसँगै संगठनलाई थप क्रियाशील बनाएर श्रमजिवीको पक्षमा काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*