Home / समाचार / सिमा नाकाबाट प्रहरीले पाँच थान बन्दुक बरामद

सिमा नाकाबाट प्रहरीले पाँच थान बन्दुक बरामद

दाङ, ११ साउन ।
दाङको सिमाक्षेत्र भित्री सिक्टाबाट दाङ प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । प्रहरी चौकी चङ्गुवा खटिएको प्रहरी टोलीले राजपुर—७ भित्री सिक्टाबाट पाँच थान भरुवा बन्दुकसहित अन्य अबैध सामग्री फेला पारेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

प्रहरी चौकी चङ्गुवाका प्रहरी सहायक निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा गएको गस्तीले राजपुर—७ भित्री सिक्टामा ६÷७ जना अज्ञात व्यक्तिहरुले हातमा १ नाले भरुवा बन्दुक बोकी जंगलमा हिडेको देखेर पक्राउ गर्न खोज्दा उनीहरुले बोकेको भरुवा बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ ।

उनीहरु भागेको क्षेत्रमा खानतलासी गर्दा केपसहित लोड गरिएको १ नाले भरुवा बन्दुक ५ नाल, काटिएका लत्ताको ५ टुक्रा, कपडाको थैली १ थान, बारुद भएको प्लाष्टिकको बट्टा २ थान, बारुद भएको आल्मुनियमको बट्टा १ थान, सलाईको बट्टा ७ थान, ३८ वटा छर्रा भएको कपडाको पोको १ थान फेला पारे प्रहरीले जनाएको छ ।

साथै उक्त घटनाको बारेमा थप अनुसन्धान र फरार भएकाका ब्यक्तिहरुको खोजीकार्य जारी रहेको निमित्त प्रहरी प्रमुख डिएसपी तिवारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*