Home / समाचार / कोरोना उपचार प्रभावकारी बनाउन जनमोर्चाको माग

कोरोना उपचार प्रभावकारी बनाउन जनमोर्चाको माग

दाङ,१४ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले कोरोनाको उपचार प्रभावकारी बनाउन र भ्रष्टाचार अन्त्यको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार जनमोर्चाले दाङसहित देशभरका ७७ वटै जिल्ला तथा प्रवासमा पनि आज एकै पटक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

दाङको घोराहीमा आज गरिएको विरोध सभामा सहभागी वक्ताहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकारले स्वास्थ्य सेवा जस्तो आधारभूत कुरामा पनि चर्को शुल्क लिने, कोरोना परिक्षणमा आनाकानी गर्ने, कोरोना संक्रमितको उपचारमा लापरवाही गर्ने जस्ता कार्य भएको भन्दै ध्यानाकर्षण भएको जनाउँदै तत्काल नागरिकको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

उनीहरुले राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको विरोध सभामा मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विकास र विज्ञानको प्रभाव बढी भएको ठाउँमा कोरोनाको प्रभाव पनि बढी मात्रामा देखिएको बताए । उनले गाउँमा भन्दा शहरमा कोरोना संक्रमणको दर उल्लेख्य रहेको बताउँदै हालसम्म यसको औषधी पत्ता नलागेकाले व्यक्ति स्वयम् सजग हुनु पर्ने भन्दै यदि कोही कसैलाई संक्रमण भई हालेमा उपचारको सबै व्यवस्था राज्यको दायित्व भएको बताए ।

विभिन्न बहानामा आम नागरिकबाट कोरोना उपचारको नाममा मोटो रकम असुलेको गुनासो अझै पनि आइरहेको भन्दै उनले यस तर्फ राज्यले गम्भीर भएर काम गर्नु पर्ने बताए । कोरोना उपचारका लागि आवश्यक उपकरण खरीदका बेला भएको बेथिति तथा विभिन्न बस्तु खरीदमा भएको भ्रष्टाचार अविलम्ब रो्क्न र यस्ता गतिविधिको निष्पक्ष छानबीनका लागि पनि उनले माग गरेका छन् ।

विरोध सभामा जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य रामबहादुर जिएम, अखिल नेपाल जनजनति सम्मेलन जिल्ला अध्यक्ष रेशम विसी, जातिय समता समाज जिल्ला अध्यक्ष टीका बिक, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिमा आचार्यलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव सहजिकरण ऋषिराम पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*